२०८१ पुष १० गते बुधवार / Dec 25 , 2024 , Wednesday
२०८१ पुष १० गते बुधवार

त्रिशूली अस्पतालमा दूरबिन विधिद्वारा स्वास्थ्य सेवा 

ADV
मध्यान्ह
२०८१ पुष ९ गते १०:३७
त्रिशूली अस्पतालमा दूरबिन विधिद्वारा स्वास्थ्य सेवा 

नुवाकोट : त्रिशूली अस्पतालले नवीनतम स्वास्थ्य सेवा विस्तार गर्दै आधुनिक प्रविधिको प्रयोगद्वारा अपरेसन र जाँच सेवा उपलब्ध गराउन सुरु गरेको छ । अस्पतालमा डा. राजेन्द्र लामा, सौरभ सुमन यादव, र पार्वती गौतमको नेतृत्वमा ल्याप्रोस्कोपिक सर्जरी (दूरबिन विधिद्वारा पित्तथैलीको अपरेसन), इन्डोस्कोपी सेवा, र पिसाब नली तथा थैलीको जाँच सेवा सञ्चालनमा छ ।

आजको दिनमा पिसाब थैलीको जाँच गर्दा, पिसाब थैलीमा मासु पलाउने रोगको प्रारम्भिक निदान भएको छ । यो रोग सम्भावित रूपमा क्यान्सरको प्रारम्भिक चरण हुन सक्ने भएकाले थप परीक्षण र उपचार प्रक्रियाका लागि तयारी गरिएको छ ।

त्रिशूली अस्पतालको यो प्रयासले नुवाकोट, रसुवा र धादिङको जनतालाई आधुनिक स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध हुनुका साथै जटिल रोगहरूको समयमै पहिचान र उपचार गर्न सघाउ पुर्‍याउने विश्वास गरिएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise