२०८१ पुष ११ गते बिहिवार / Dec 26 , 2024 , Thursday
२०८१ पुष ११ गते बिहिवार
Ads

स्वास्थ्य संस्थामा सुत्केरी दर बढाउन ‘पोषण कोसेली’ कार्यकम

ADV
पुर्ण कुमार
२०८१ पुष १० गते २०:२४
स्वास्थ्य संस्थामा सुत्केरी दर बढाउन ‘पोषण कोसेली’ कार्यकम

डोल्पा : डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं.४ ले स्वास्थ्य संस्थामा सुत्केरी दर बढाउन पोषण कोसेली कार्यक्रम सञ्चालन गरेको छ । वडाध्यक्ष  रञ्जित बुढाले साउनदेखि हालसम्म स्वास्थ्य संस्थामा सुत्केरी भएका १० जना महिलाहरुलाई पोषण कोसेली वितरण गरेका छन् । 

प्रत्येक सुत्केरी महिलाहरुलाई २ पोका तेल, एक क्यारेट कुखुराको अण्डा, १ पोका आयोडिन नुन वितरण गरिएको वडाध्यक्ष बुढाले जानकारी दिए । स्वास्थ्य संस्थामा आएर सुत्केरी हुने प्रवृत्तिमा प्रोत्साहन गर्न वडामा यो कार्यक्रम सञ्चालन गरिएको वडाध्यक्ष बुढाले बताए । 

आधारभूत स्वास्थ्य सेवा केन्द्र रंगमा आयोजित कार्यक्रममा वडाध्यक्ष बुढा र त्रिपुरासुन्दरी नगरपालिका स्वास्थ्य शाखा प्रमुख तुलबहादुर श्रेष्ठ लगायतका सहभागीले सुत्केरी आमाहरूलाई करिब तीस हजार रुपैयाँ बराबरको पोषणयुक्त सामग्री वितरण गरिएको थियो । 

जिल्ला अन्य स्थानीय तह र सरोकारवाला निकायले यस कार्यक्रम सञ्चालन गरे स्वास्थ्य संस्थामा नै सुत्केरी हुने प्रवृत्तिको वृद्धि भइ घरमा सुत्केरी हुने अवस्था पूर्ण न्यूनीकरण हुने अपेक्षा गरिएको छ ।

अझै पनि डोल्पामा कतिपय सुत्केरी अवस्थामा घरमा नै डेलिभरी हुने प्रचलन छ । घरमा डेलिभरी हुने प्रचलनको कारण कति सुत्केरी महिलाले ज्यान नै गुमाउने गरेका छन् । 

ADVADV

सम्बन्धित खबर

Advertise