२०८१ पुष ११ गते बिहिवार / Dec 26 , 2024 , Thursday
२०८१ पुष ११ गते बिहिवार
Ads

गौर आँखा अस्पतालको सेवामा पहुँच बढाउन सुझाव

ADV
सत्येन्द्र प्रताप सिंह
२०८१ पुष १० गते २०:२६
गौर आँखा अस्पतालको सेवामा पहुँच बढाउन सुझाव

रौतहट : गौर आँखा अस्पतालको उन्नति, प्रगति, र दीर्घकालीन विकासका लागि विशेष छलफल भएको छ । मधेश प्रदेशका पूर्वमन्त्री कृष्णा यादव, सांसद नागेन्द्र साह, राजदेवी नगरपालिकाका पूर्व नगर प्रमुख धिरेन्द्र कुमार सिंह र गौर नगरपालिकाका मेयर प्रत्याशी मोहन यादव, गौर नगरपालिका–८ का वडाध्यक्ष जनार्दन साह र नेपाली कांग्रेसका युवा नेता श्रीराम यादव लगायतको उपस्थितिमा अस्पतालका बारेमा छलफल भएको हो । 

अस्पतालको सेवाग्राहीहरूको सुविधालाई अझ गुणस्तरीय बनाउने र संस्थागत विकासका लागि रणनीतिहरू तय गर्न कार्यक्रमको आयोजना गरिएको हो । 

अस्पताल व्यवस्थापन समितिका सभापति बिजय कुमार सिंहले अस्पतालको हालको अवस्था र आगामी योजनाका बारेमा जानकारी गराउँदै यस संस्थालाई अझ सक्षम र समृद्ध बनाउने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रम संयोजक सतेन्द्र पाण्डे, नेत्र ज्योति संघ रौतहटका सचिव बच्चा प्रसाद यादव, अस्पताल प्रशासन प्रमुख नागेश्वर प्रसाद चौधरी, वरिष्ठ लेखा अधिकृत पवनकुमार र समाजसेवी मनोज यादव लगायतले मन्तव्य राखेका थिए ।

छलफलमा अस्पतालको भौतिक संरचना, प्रविधि, जनशक्ति र वित्तीय व्यवस्थापनका विषयमा विशेष छलफल गरिएको थियो । सहभागीहरूले सर्वसाधारणका लागि सेवा पहुँच बढाउन थप स्रोतसाधन परिचालन गर्ने आवश्यकता रहेको औंल्याएका थिए ।

छलफलले गौर आँखा अस्पतालको सेवा गुणस्तर अभिवृद्धि र क्षेत्रीय नेत्र उपचार सेवामा नयाँ सम्भावनाहरू खोल्ने अपेक्षा गरिएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise