२०८१ पुष १७ गते बुधवार / Jan 01 , 2025 , Wednesday
२०८१ पुष १७ गते बुधवार
Ads

मंकीपक्स संक्रमितको स्वास्थ्य सुधारोन्मुख

ADV
मध्यान्ह
२०८१ पुष ११ गते १०:३१
मंकीपक्स संक्रमितको स्वास्थ्य सुधारोन्मुख

काठमाडौँ : मंकीपक्स संक्रमण भएका बिरामीको स्वास्थ्य अवस्था सुधारोन्मुख  छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत तनहुँका ३६ वर्षीय युवकको स्वास्थ्य सुधारोन्मुख रहेको अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले जानकारी दिए । 

उनले निजको अवस्था सामान्य रहेको बताए ।  मंकीपक्स सङ्क्रमण भएकालाई कम्तीमा तीन साता एक्लै राखेर उपचार गर्नुपर्ने भएकाले सोही अनुरूप गरिएको जानकारी निर्देशक बसौलाले दिए ।  

साउदी अरवबाट आएका ती युवकमा यही पुस ५ गते मंकीपक्स सङ्क्रमण भएको पुष्टि भएको हो । सोही दिनदेखि निजको उक्त अस्पतालमा उपचार जारी छ ।

ADVADV

सम्बन्धित खबर

Advertise