२०८१ पुष १८ गते बिहिवार / Jan 02 , 2025 , Thursday
२०८१ पुष १८ गते बिहिवार
Ads

रचनात्मक सुझाव दिन पत्रकारलाई प्रमुख कोइरालाको सुझाव

ADV
सुर्य प्रसाद भुसाल
२०८१ पुष १४ गते २१:०७
रचनात्मक सुझाव दिन पत्रकारलाई प्रमुख कोइरालाको सुझाव

अर्घाखाँची : जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोइरालाले पत्रकारहरूको रचनात्मक सुझावले तीनै तहका सरकारले गर्ने कामलाई प्रभावकारी बनाउन सहयोग पुग्ने बताएका छन् ।

नेपाल पत्रकार महासंघ अर्घाखाँची शाखाले सन्धिखर्कमा  आयोजना गरेको पत्रकार महासंघ लुम्बिनी  प्रदेशका पदाधिकारी सदस्य  र  अर्घाखाँची जिल्ला शाखामा नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै प्रमुख कोइरालाले तीनै तहका सरकारका कामलाई प्रभावकारी जनमुखी बनाउन रचनात्मक सुझावका लागि आग्रह गरे । 

मुलुकमा गणतन्त्र ल्याउन र लोकतन्त्रलाई संस्थागत गर्नका अग्रणी उत्कृष्ट भूमिका खेल्ने संस्था नेपाल पत्रकार महासंघ भएको उल्लेख गर्दै कोइरालाले अहिलेको व्यवस्थालाई सफल बनाउन पत्रकारहरूको निरन्तर खबरदारीले सबै तहका सरकारहरु सचेत हुने बताए । 

रचनात्मक भूमिका आवश्यक स्थानीय सरकारहरुका लागि कोषेढुंगा साबित हुने उनको भनाइ छ । समाजलाई परिवर्तनसँगै विकास र समृद्धिका लागि सबै तहका सरकारसँगै नागरिक समाज, स्थानीय साझेदार  संस्थाहरूको पनि महत्वपूर्ण भूमिका हुने कोइरालाको भनाइ छ । महासंघ सधैँ सरकारले गर्ने कामको रचनात्मक प्रतिपक्षको भूमिकामा रहेर काम गर्ने संस्था भएकोले पनि सबै संघसंस्था, सरकारका कमजोरीलाई खबरदारी गर्न पत्रकार चुक्न नहुने बताए ।  

कार्यक्रममा  नेपाल महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषी चौलागाईंले व्यवसायिक  पत्रकार र पत्रकारिता क्षेत्रले भोगिरहेका समस्या समाधान गर्न आफूले पहल गर्ने बताए ।

चौलागाईंले श्रमजीवी पत्रकारको मुद्दा, पत्रकार सुरक्षाको मुद्दा, प्रेस स्वतन्त्रताको अभियान र नागरिकको अधिकार सुनिश्चित गराउन आफूले नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे । 

लामो समयदेखि लुम्बिनी प्रदेशको पत्रकारिताको क्षेत्रमा क्रियाशील रहेकाले छाता संगठन महासंघको नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने आफूमा आत्मविश्वास रहेको बताउँदै अभिव्यक्ति तथा वाक् स्वतन्त्रताको रक्षाका लागि नेतृत्वदायी भूमिका खेल्ने उनले दाबी गरे ।

कार्यक्रममा पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष गणेश खनालले मुलुकमा  संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउन महासंघले ठूलो भूमिका खेलेको बताउँदै महासंघलाई साझा चौतारीको रुपमा विकास गर्न समावेशीतालाई व्यवहारमा लागू गर्न महासंघ लागिपर्ने बताए । 

कार्यक्रममा प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष शोभाखर पन्थीले जबसम्म महासंघलाई पूर्णतः समावेशी बनाउन सकिँदैन, तबसम्म महासंघ साझा चौतारीको रुपमा विकास हुन नसक्ने बताए ।

कार्यक्रममा प्रेस युनियन लुम्बिनी प्रदेशका सचिव  सूर्यप्रसाद भुसालले  पत्रकार महासंघलाई कलमजीवी  र श्रमजीवीको साझा संस्था बनाउन नयाँ नेतृत्व लाग्नुपर्ने बताए ।

ADVADV

सम्बन्धित खबर

Advertise