२०८१ पुष १८ गते बिहिवार / Jan 02 , 2025 , Thursday
२०८१ पुष १८ गते बिहिवार
Ads

नवौं चन्द्रौटा महोत्वस हुँदैः पर्यटन प्रवर्द्धनका साथै उद्यमशिलता विकास गर्ने लक्ष्य

ADV
अर्जुन बेल्बासे
२०८१ पुष १४ गते २१:०९
नवौं चन्द्रौटा महोत्वस हुँदैः पर्यटन प्रवर्द्धनका साथै उद्यमशिलता विकास गर्ने लक्ष्य

कपिलवस्तु : व्यापार संघ कपिलवस्तुको आयोजनामा आगामी  माघ ९ गतेदेखि २० गतेसम्म नवौं कृषि पर्यटन तथा  औद्योगिक व्यापार महोत्वस हुने भएको छ । महोत्सवका लागि मूल आयोजक समिति समेत गठन गरिएको छ । व्यापार संघ कपिलवस्तुको अध्यक्ष महादेव पोख्रेलको संयोजकत्वमा ५ सय सदस्यीय मूल आयोजक समिति गठन गरिएको महासचिव गोपाल बन्जाडेले जानकारी दिए । महोत्सवलाई सफल पार्न  ३० वटा उपसमिति समेत गठन गरिएको छ । 

जनप्रतिनिधि, स्थानीय व्यापारी, उद्योगी, राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मीको उपस्थितिमा समिति गठन गरिएको हो ।

आइतबारको भेलालाई सम्बोधन गर्दै उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य जमशेर अलि मियांले महोत्सव यस क्षेत्रको चिनारी रहेको बताए । उनले यसलाई सफल पार्नु सबैको दायित्व रहेको बताए । महोत्सवबाट नयाँपन भित्र्याउनुपर्ने बताउँदै यो महोत्सव सबैको साझा कार्यक्रम हो भन्ने सन्देश दिन सबै आ–आफ्नो क्षेत्रबाट लाग्न उनले सुझाव दिए । 

कार्यक्रमलाई सम्बोधन गर्दै कृषि उत्पादनलाई विशेष प्राथमिकता दिनुपर्ने वडाध्यक्ष नेत्र प्रसाद बेल्वासेले बताए । 

मेला महोत्सवले पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने भएकाले महोत्सवमा आउने राष्ट्रिय स्तरका कलाकारहरुलाई यस क्षेत्रमा रहेका विभिन्न पर्यटकीय स्थानहरुमा अवलोकन गराउनुपर्ने चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वरी प्रसाद पाण्डेले बताए । महोत्सवलाई सफल पार्न उद्योग वाणिज्य संघको हरेक क्षेत्रबाट सहयोग रहने उनको भनाइ छ । 

कार्यक्रममा होटेल व्यावसायी संघका अध्यक्ष लेखनाथ घर्ती, राष्ट्रिय मानव अधिकार प्रतिष्ठान कपिलवस्तु जिल्ला अध्यक्ष विष्णु प्रसाद खतिवडा, नेपाली कांग्रेसका जिल्ला उपसभापति हुमकान्त खनाल लगायतले महोत्सवको सफताको शुभकामना दिएका थिए । 

‘कृषि उद्योग पर्यटन र व्यापार स्थानीय उत्पादनको प्रयोग रोजगारको मुख्य आधार’ भन्ने मूल नाराका साथ सञ्चालन हुन गइरहेको महोत्सवले उद्योग, व्यापार, व्यावसायहरुका साथै स्थानीय कृषिजन्य उत्पादन र उत्पादित  वस्तुहरुको प्रचार–प्रसार एवम् व्यावसायीकरण गर्ने मुख्य उद्देश्य राखिएको महोत्सव मूल आयोजक समितिका संयोजक महादेव पोख्रेलले बताए । 

स्थानीय संस्कृति, खेलकुद, पर्यटनसँगै उद्यमशिलतालाई प्रवर्द्धन गरी समुदायमा आपसी एकता र विश्वासको भावना फैलाउने उनले बताए । 

ADVADV

सम्बन्धित खबर

Advertise