२०८३ असोज २१ गते बुधवार / Oct 07 , 2026 , Wednesday
२०८३ असोज २१ गते बुधवार

खानेपानी समस्या दीर्घकालीन रुपमा समाधान गर्छु : मन्त्री यादव

Nada
सूर्यप्रसाद भुसाल
२०८१ पुष १६ गते २१:४८
Shares
खानेपानी समस्या दीर्घकालीन रुपमा समाधान गर्छु : मन्त्री यादव

पाल्पा : खानेपानीमन्त्री प्रदीप यादवले पाल्पा, गुल्मी, अर्घाखाँची जिल्लामा खानेपानीका समस्या दीर्घकालीन रूपमा समाधान गर्न महत्वपूर्ण योजनाहरू अगाडि सारेको बताएका छन् । मंगलबार पाल्पा खानेपानी आयोजनाका पदाधिकारीसँगको छलफल र कालिगण्डकी खानेपानी आयोजनाको स्थलगत निरीक्षणपछि आयोजित कार्यक्रममा मन्त्री यादवले पाल्पा जिल्लावासीको  खानेपानीका समस्या दीर्घकालीन रूपमा समाधान गर्नका लागि मन्त्रालयबाट यस आर्थिक वर्षमा धेरै आयोजनाहरु कार्यान्वयन भइरहेको जानकारी दिए ।

ncell

उनले भने,‘म खानेपानीका विषयमा नागरिकलाई परेका दुःख र त्यसको समाधान गर्ने उद्देश्यले दुर्गम जिल्ला गुल्मी, पाल्पा, अर्घाखाँचीको अनुगमनका लागि दौडिरहेको छु । आज पाल्पा आइपुगेको छु । यहाँका नागरिकका पानीका समस्या समाधानका लागि महत्वपूर्ण योजनाहरू अगाडि सारेको छु ।’

जलवायु परिवर्तनका कारण पानीका मुहान सुक्न थालेका कारण नागरिकलाई खानेपानीको समस्या भइरहेकाले त्यसको दीर्घकालीन समस्या समाधानका लागि गृह कार्य भइरहेको उनले बताए । मन्त्री यादवले आफू मन्त्री पदमा रहे/नरहेपनि नेपाली नागरिकका सुख दुःखमा हरहमेसा साथ दिइरहने प्रतिबद्धता जनाए । उनले पाल्पामा  चुनौतीपूर्ण भौतिक अवस्थाका बाबजुद खानेपानी पहुँचको दिगो समाधानका लागि मन्त्रालयबाट यस आर्थिक वर्षमा सरकारले महत्वपूर्ण खानेपानी तथा ढल व्यवस्थापनका विभिन्न योजनाहरू अगाडि सारेको बताए । कार्यक्रममा संघीय खानेपानी ढल व्यवस्थापन आयोजना अर्घाखाँचीले आर्थिक वर्ष २०८१/०८२ मा अर्घाखाँची, गुल्मी, पाल्पा गरी ३ जिल्लाका १ सय ११  आयोजनाहरु कार्यान्वयनमा ल्याएकोमा मन्त्री यादवले धन्यवाद दिए । 

आयोजनाको कार्यक्षेत्रभित्र पर्ने तीन जिल्लामा योजनाको कामहरु अहिले निरन्तर रुपमा अगाडि बढेको आयोजनाका सिनियर डिभिजन इन्जिनियर अरुण खरेलले मन्त्री यादव, खानेपानी मन्त्रालयका सचिव प्रमिलादेवी ब्रजाचार्य, मन्त्रालयका महानिर्देशक राजकुमार श्रेष्ठलाई जानकारी गराएका थिए । खरेलका अनुसार ३ जिल्ला हेर्ने यस आयोजनाको कार्यक्षेत्रभित्र खानेपानी सेवा विस्तार तथा पुनस्र्थापना कार्यक्रम अन्तर्गत अर्घाखाँचीमा १६, गुल्मीमा २८, पाल्पामा १४ गरी ५८ योजनाहरु छन्  भने खानेपानी गुणस्तर तथा सुधार कार्यक्रममा ८ योजना समावेश  छन् । 

जलवायु अनुकुलित बृहत् खानेपानी आयोजना २७ र  ढल निर्माण तथा प्रशोधन कार्यक्रममा ३ योजना, खानेपानी सरसफाइ सह–लगानी कार्यक्रममा २ योजना  तथा केन्द्रीय खानेपानी आयोजना १५ वटा गरी ३ जिल्लामा १ सय ११ योजना छनोटमा परेका थिए । तीन जिल्ला  बहुवर्षीय योजनाहरु हाडेखोला, चिदिका बृहत् पम्पिङ खानेपानी योजना, सुवर्णखाल सितापुर ठाडा सिमलपानी खानेपानी योजना, अर्घाखाँची बर्तुङ खानेपानी योजना, पाल्पा रेसुंगा खानेपानी योजना गुल्मीको काम यस आर्थिक वर्ष २०८१/०८२ मा  सम्पन्न हुने र उपभोक्तालाई मिटरसहितको धारा जडान गरिने आयोजना प्रमुख खरेलले कार्यक्रममा बताए । तानसेन खानेपानी आयोजनाबाट तानसेनका चार हजार सात सय २९ जना लाभान्वित हुने साइट इन्जिनियर मोहन पोखरेलले जानकारी दिए ।

ताजा खबर

सम्बन्धित खबर