२०८३ असोज २६ गते सोमवार / Oct 12 , 2026 , Monday
२०८३ असोज २६ गते सोमवार

अर्घाखाँची महोत्सव हुँदै

Nada
सूर्यप्रसाद भुसाल
२०८१ पुष २२ गते २१:०१
Shares
अर्घाखाँची महोत्सव हुँदै

अर्घाखाँची : ‘व्यवसायिक लगानी अभिवृद्धि, उन्नति र समृद्धि’ भन्ने मूल नाराका साथ छैटौं अर्घाखाँची महोत्सव हुने भएको छ । 

ncell

अर्घाखाँचीको परम्परागत कला, संस्कृति, औद्योगिक व्यापार, घरेलु, कृषि, पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ यही पुस २९ गतेदेखि माघ १२ गतेसम्म महोत्सव हुन लागेको हो । 

महोत्सवको मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गर्ने  कार्यक्रम रहेको छ । सन्धिखर्क नगरपालिका वडा नम्बर १ मा रहेको कुडुले फाँटमा महोत्सवका लागि आवश्यक प्रक्रिया पूरा गरी सकिएको र अहिले  स्टल निर्माणको काम भइरहेको अर्घाखाँची उद्योग वाणिज्य संघका अध्यक्ष  प्रदिप मिश्रले  जानकारी दिए ।

महोत्सवमा ३ सय भन्दा बढी स्टलहरु राखिनेछ । स्थानीय कृषि, दुग्धजन्य उत्पादनका लागि  ५० स्टल निःशुल्क तथा अर्घाखाँचीका स्थानीय व्यवसायीलाई  ५० प्रतिशत छुटमा स्टल उपलब्ध गराउने तयारी गरिरहेको युवा व्यवसायी उद्योग वाणिज्य संघका सचिव सन्तोष बस्नेतले बताए ।

महोत्सवमा मानवीय दैनिक जीवनमा प्रयोगमा आउने दैनिक उपभोग्य सामग्रीहरु, कृषि, घरेलु उद्योग, विभिन्न प्रकारका लत्ता कपडाहरु, खाद्यान्न, अटोमोबाइल, जुत्ताहरु, कृषि तथा हस्तकलाका सामग्रीहरु, कृषि औजारका सामग्रीहरुको स्टलहरु हुने आयोजकले बताएको छ । 

त्यसैगरी महोत्सवमा बिक्री हुने सामग्रीहरुमा विशेष छुटको व्यवस्था हुने, मनोरञ्जनका लागि महोत्सवमा बाल उद्यान, रोटे पिङ, ड्रागन, नाउ, मिनि बञ्जी जम्प, वाटर बल्ब, मिकी माउस, टेम्पोलिङग, स्करपियोको आदिका साथमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको हाँस्यव्यङ्ग्य तथा गीत गायनको बेजोड प्रस्तुती प्रत्येक दिन रहने उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष युवराज श्रेष्ठले  बताए ।

महोत्सवमा स्टलका प्रकारहरुमा कृषि सामग्री प्रदर्शनी, घरेलु उद्योग उत्पादन, स्वास्थ्य शिविर, मिडिया डेस्क,जुत्ता चप्पल, घडि, चश्मा, पर्श, बेल्ट, जलप ज्वेलरी, रेडिमेट गार्मेन्ट, कुटिरा, अचार, पाउभण्डार, फेन्सी, सिरक, व्ल्याकेट, ईलेक्ट्रोनीक, अटो मोबाइल, होटल तथा रेष्टुरेन्ट,बैंक तथा वित्तीय सहकारी इत्यादिका स्टलहरु रहने उद्योग वाणिज्य संघ अर्घाखाँचीका महासचिव तुल्सीराम बन्जाडेले बताए  ।

कृषि, पर्यटन र औद्योगिक क्षेत्रलाई प्रवद्धन गर्ने, धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थलहरूको प्रचारप्रसार गर्ने, कला, संस्कृति र सभ्यतालाई प्रवद्धन गर्ने, उत्पादक तथा सेवाप्रदायक र उपभोक्ता बीच बलियो सम्बन्ध निर्माण गर्ने लक्ष्यका साथ आयोजना गरिएको महोत्सवमा स्थानीय उत्पादनलाई जोड दिइने  अर्घाखाँची उधोग बाणिज्य सघका अध्यक्ष  तथा महोत्सव मुल समारोह समितिका संयोजक  प्रदिप मिश्रले पत्रकार सम्मेलनमा दाबि गरे ।

स्थानीय उत्पादनको प्रवद्र्धनसँगै कला, संस्कृति, भाषा, भेषभूषा, मौलिक पहिचान झल्किन सांस्कृतिक गतिविधिसहित स्थानीय प्रतिभा, नवप्रतिभाको खोजी गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको औद्योगिक शान्ति नेपालका अध्यक्ष सन्दीप महतले बताए ।

महोत्सवमा विद्यार्थीहरुलाई प्रवेश शुल्क ५० रुपैयाँ, सर्वसाधारणलाई ८० रुपैयाँ प्रवेश शुल्क लिइनेछ भने जेष्ठ नागरिक, अशक्तहरुलाई प्रवेश निःशुल्क बनाइएको छ ।

सम्बन्धित खबर