शनिबार थप ९४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । लगातार घटिरहेको संक्रमण दर शुक्रबारदेखि फेरि बढेको हो । १३,२६४ जनाको पीसीआर रिपोर्ट आउँदा शनिबार ९४४ जनामा कोरोना संक्रमण पुष्टि भएकोहो । शुक्रबार एकैदिन २४ जनामा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको थियो । यसअघि तीन जनामा ओमिक्रोन देखिएको थियो । दक्षिण अफ्रिका भएर ९० भन्दा बढी देशमा फैलिसकेको ओमिक्रोन छिमेकी भारतमा ठूलो संख्यामा पुष्टि भइरहेको छ । यस्तो बेला नेपालमा पनि ओमिक्रोनको खतरा बढेर गएको छ । ओमिक्रोनका कारण संक्रमण संख्या बढेर जाने अनुमान गरिएको छ । सरकारले खोपको मात्रा बढाउन र सवै अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिइसकेको छ ।
ओमिक्रोनको संक्रमण पुष्टि भइरहँदा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संक्रमण पुष्टि भएको छ । माओवादी केन्द्रकै वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई पनि संक्रमण पुष्टि भएको छ । शुक्रबार गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा सहित शीर्ष नेताहरुको भेट प्रचण्डसँग भएको थियो । त्यसैले प्रधानमन्त्री देउवाले पनि कोरोना परीक्षण गराउनुपर्ने भएको छ । शनिबार नै प्रधानमन्त्री देउवा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका थिए । त्यसैले शीर्ष नेताहरु कन्ट्र्याक टे«सिङमा परेका छन् । शीर्ष नेतालाई मात्रै नभएर संक्रमणबाट नागरिकको जीवनरक्षा प्रमुख दायित्व बनेको छ ।
त्यसैपनि यसअघि प्रमुख तीन ठूला राजनीतिक दलहरुको महाधिवेशनका कारण ठूलो जमघट भएको थियो । व्यापारिक, शैक्षिक र सांस्कृतिक गतिविधिहरुमा पनि उचित सतर्कता अपनाइएको छैन । तर ओमिक्रोन संक्रमणको खतरा उच्च देखिएको छ । यस्तो बेला सरकारले आवश्यक मात्रामा खोप उपलब्ध गराउनु सरकारले ध्यान दिनुपर्नेछ । नागरिक तहमा विशेषगरी ध्यान दिन आवश्यक छ । सामाजिक दुरी कायम गर्ने, संक्रमणबाट बच्नुपर्नेगरी अनावश्यक काममा जमघट नगर्ने लगायत सतर्कता अपनाउनुपर्नेछ । बिगतमा आवश्यक ध्यान नदिएकै कारण नेपालले मानवीय, आर्थिक र सामाजिक क्षति बेहोर्नु परेको छ । पहिलोपटकको लहरको पाठ सिक्न र आवश्यक तयारी गर्न नसक्दा ठूलो मानवीय क्षति मुलुकले बेहोर्नु परेको थियो । त्यसैले अहिले अति उच्च सतर्कताको विकल्प छैन । सवैभन्दा ठूलो प्राथमिकता नागरिकको जीवनरक्षा नै हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies