२०८१ पुष २४ गते बुधवार / Jan 08 , 2025 , Wednesday
२०८१ पुष २४ गते बुधवार
Ads

‘सीमानाका अवरुद्ध हुँदा ठूलो समस्या’

ADV
प्रेमचन्द्र झा
२०८१ पुष २२ गते २२:४८
‘सीमानाका अवरुद्ध हुँदा ठूलो समस्या’

रौतहट : रौतहटको ईशनाथ नगरपालिकाकी प्रमुख कौशल्या देवी सिन्हाले भारतीय सीमानाकाबाट सवारी साधनको आवागमन अवरुद्ध हुँदा समस्या भएको बताएकी छन् । 

नगरप्रमुख सिन्हाले सोमबार आफ्नै कार्यकक्षमा पत्रकारहरुसँग कुरा गर्दै भनिन्, ‘हाम्रो नगर क्षेत्रमा  सीमानाकाबाट सवारी साधन आवागमन बन्द रहेका कारण ठूलो समस्या भोग्नु परेको छ ।’

सीमानाकाबाट रोकिएको सवारी आवागमनबारे  सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरिएको जसरी प्रचार–प्रसार भएको छ । त्यो मेल खाने काम सीमामा ा नभएको नगरप्रमुख सिन्हाले बत(ाइन् । उनले भनिन्,‘आफ्नै नगरबाट सिँधै भारत जान आउन सहज थियो, तर कसले कुन नियतले गौर भएर मात्र गाडी जान्छ भने प्रावधान ल्याएर किन जनतालाई दुःख दिँदैछन् ।’

सवारी साधन  बन्द भएका कारण स्थानीय प्रशासनप्रति जनता आक्रोशित हुँदै गएको वडा नम्बर ४ लतमरीकी  समाजसेवी किशोरी साहले बताइन् । सवारी साधन नेपालका तर्फबाट रोकिएकोमा नेकपा एमालेका जिल्ला इन्चार्ज अजय गुप्ताले दुःख व्यक्त गरे । ‘समाधान भइसकेको विषय पुनः के कति कारणले फेरि  सुरु भएको हो । म यस विषयमा समाधानको प्रयास खोज्नेछु’ इन्चार्ज गुप्ताले भने ।

नेकपा एकीकृत समाजवादीका नेता रेवन्त झाले पूर्ववत् भारतीय सीमानामा आवागमन सुचारु नगरिए सरकारकोविरुद्व आन्दोलन गर्ने चेतावनी दिए । साथै नेता झाले गौर भन्सार कार्यालय र सशस्त्र प्रहरी कार्यालयलाई जनतालाई दुःख नदिन आग्रह समेत गरे । 

सीमाक्षेत्रमा भारतबाट आउने तथा नेपालबाट भारत जाने सवारीको आवागमनमा भएको समस्या समाधानका लागि स्थानीय जनप्रतिनिधि तथा नागरिक समाजले स्थानीय प्रशासनसँग पटक–पटक छलफल र ज्ञापनपत्र बझाए पनि उपलब्धी शून्य भएको ईशनाथ नगरपालिकाका पूर्व मेयर सन्तोष मेहताले बताए । उनले सो निर्णय तत्काल फिर्ता गराउन माग समेत गरे । 

जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले आवागमन सहज तुल्याउने विषयलाई लिएर जिल्लास्थित सुरक्षा समितिमा छलफल भएको बताए ।

सशस्त्र प्रहरी गण रौतहटका प्रमुख बिक्रम हुमागार्इंले माथिल्लो निकायबाट स्पष्ट निर्देशन आउन नसकेकोमा पूर्ववत् आवागमन सुचारु गराउन नसकिएको बताए । 

ADVADV

सम्बन्धित खबर

Advertise