२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

घनश्यामलाई सहयोग गर्ने झलनाथको संकेत

ADV
दिवाकर अधिकारी
२०८१ असार ११ गते ०८:०८
घनश्यामलाई सहयोग गर्ने झलनाथको संकेत

काठमाडौं : दशौं राष्ट्रिय महाधिवेशको संघारमा रहेको नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरू संवादमा जुटेका छन् । आइतबार पार्टी अध्यक्ष माधवकुमार नेपालले पार्टीका सम्मानित नेता झलनाथ खनालसँग संवाद गरेका छन् । संवादमा नयाँ नेतृत्वबारे छलफल भएको नेताहरू बताउँछन् ।

बबरमहलस्थित एक होटलमा भएको शीर्ष नेताहरुको भेटमा एकीकृत समाजवादीका उपाध्यक्षद्वय राजेन्द्र पाण्डे र प्रमेश हमाल समेत सहभागी थिए । नेताहरूका अनुसार पार्टी अध्यक्षमा दाबी गर्दै आएका झलनाथ खनालले महासचिव घनश्याम भूसाललाई अगाडि बढाउने संकेत गरेका छन् । 

झलनाथ खनालले घनश्याम भुसाललाई नेतृत्वमा अगाडि सार्ने संकेत गरेसँगै एकीकृत समाजवादीको महाधिवेशन रोचक मोडमा पुगेको नेताहरु बताउँछन् ।

नेतृत्वमा दोहोरिन खोजिरहेका माधव नेपालले पुस्तान्तरण आवश्यक रहेको, तर एमाले फुटको औचित्व जनतामा स्थापित गर्ने प्रयासमा आफू रहेको र यसका लागि नेतृत्वमा एक पटक अवसर पाउनुपर्ने प्रस्ताव झलनाथ खनालसमक्ष माधव नेपालले गरेका छन् । तर माधव नेपालको यस्तो प्रस्तावमा सम्मानित नेता खनाल मौन रहेका छन् । 

तत्कालीन नेकपा एमालेसँग अलग भएर गठन गरिएको एकीकृत समाजवादीले पहिलो पटक राष्ट्रिय महाधिवेशन गर्न लागेको हो । यसका सदस्य एमालेकै निरन्तरताबाट आएकाले दशौँ महाधिवेशन गर्न लागिएको हो । 

विगतमा एमालेको नेतृत्व गरेका माधव नेपाल र झलनाथ खनालका बीचमा नै फेरि नेतृत्वमा प्रतिस्पर्धा हुने आँकलनका बीच घनश्याम भूसाल नेतृत्वमा आउने तयारीमा अगाडि बढेपछि नेताहरु बाँडिएका हुन् । 

आफू नै नेतृत्वमा आउने चाहना भएता पनि माधव नेपालले रोक्ने अवस्थामा घाश्याम भूसाललाई अगाडि बढाउने झलनाथ खनालको प्रष्ट संकेत छ  । 

खनालले भूसाललाई अगाडि बढाउने संकेत गरेपछि माधव नेपाल समूह आन्तरिक छलफलमा जुटेको छ । पुस्तान्तरणको विषय पार्टी भित्र आउँदा कसरी रोक्ने भन्ने ध्याउन्नमा नेताहरु लागेका छन् । यसका लागि आवश्यक नीति र रणनीति अपनाउने गरी माधव नेपाल अगाडि बढेका छन् ।

एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन यही असार १६ देखि २० गतेसम्म काठमाडौँमा हुँदैछ । महाधिवेशनका लागि प्रतिनिधि छनोट लगायतका कार्य भएका छन् । महाधिवेशन आयोजक समिति स्वतः प्रतिनिधि हुने व्यवस्था गरिएकाले करिब चार सय ५० केन्द्रीय नेता स्वतः प्रतिनिधि हुनेछन् । 

यसअघि केन्द्रीय नेता पनि चुनियर आउनपर्ने निर्णय गरिएकामा उक्त व्यवस्थालाई संशोधन गरी केन्द्रीय तहका नेता स्वतः प्रतिनिधि हुने व्यवस्था गरिएको छ । पार्टीको महाधिवेशनका लागि आवश्यक कार्य सकिँदै गएपछि नेताहरु नेतृत्वकै विषयमा केन्द्रित भएका हुन् ।

आइतबार झलनाथ खनालसँग संवाद गरेका माधव नेपालले आइतबार बिहान आफ्ने समूहका नेताहरुको गोप्य बैठक राखे । जहाँ अध्यक्ष नेपालले पुस्तान्तरणको नाममा नेतृत्व विस्थापित गर्न खोजिएकाले चनाखो हुनुपर्ने ब्रिफिङ गरेका थिए । 

ADVADV

सम्बन्धित खबर

Advertise