२०८१ माघ ५ गते शनिवार / Jan 18 , 2025 , Saturday
२०८१ माघ ५ गते शनिवार
Ads

स्थानीय सरकारसँग विकासमा प्रतिस्पर्धा गर्दै सामुदायिक वन

hardik ivf
सुर्य प्रसाद भुसाल
२०८१ माघ ४ गते २१:३६
स्थानीय सरकारसँग विकासमा प्रतिस्पर्धा गर्दै सामुदायिक वन

अर्घाखाँची : अर्घाखाँचीका सामुदायिक वनहरु स्थानीय सरकारका  प्रतिस्प्रधी बन्न थालेका छन् । 

केही वर्ष पहिला शीतगंगा नगरपालिका वडा नम्वर ११ को प्रगतिशील सामुदायिक वन समुदायलाई हस्तान्तरण गरिएको थियो । यो उदाहरणीय वनका रुपमा परिचित छ । समुदायको हितमा काम गर्दै आएको समुहले नेतृत्व विकासमा जोड दिएको छ । महिला, आदिवासी, जनजाती तथा सिमान्तकृतलाई अघि बढाउने काम भएका छन् ।

त्यस्तै  शीतगंगा ११ को शंकरपुर सामुदायिक वन उपभोक्ता  समुहले आफ्नै पहिचान बनाएकोमा सिंगो समुह र सबै उपभोक्ताहरु हर्षित छन् ।

शीतगंगा नगरपालिका वडा नम्बर ११ मा रहेका धेरै सामुदायिक वनहरु उपभोक्ता समुहलाई हस्तान्तरण हुनुअघि यो वन क्षेत्रमा व्यापक फँडानी भएको कारण सरकारले स्थानीय समुदायलाई सामुदायिक वन हस्तान्तरण गरेको थियोे । 

चोरी तस्करीले वन नै उजाड हुँदै गएपछि बल्ल सरकारले समुदायलाई संरक्षणका लागि जिम्मा दिएको थियो । समुहलाई दिएर सामुदायिक वन बनाइएपछि भने जंगलको स्तरमा धेरै राम्रो सुधार भएको बताउँछन् ।  उपभोक्ता भानुभक्त पल्लीले भने,‘तन, मन र धन दिएर संरक्षण गरेका थियौं । अहिले राम्रो आयआर्जनको स्रोत सामुदायिक वन बनेको छ ।’

साल, साज, चिलाउने, सिसौ, कर्मा, टुनि लगायत विभिन्न प्रजातिका रुख बिरुवाहरु रहेको सामुदायिक वनमा हुने चोरी तस्करी नियन्त्रण गर्न समुदायले चनाखो भएर रेखदेख गरकै कारण वनको स्तर राम्रो भएको शीतगंगा ११ का स्थानीय दिपक कँुवर बताउँछन् । हिजोआज पनि सो क्षेत्रमा हुनसक्ने फँडानी रोक्न समुहले गस्ती गर्ने, अनुगमन तीव्र पार्ने जस्ता कामहरु गरिरहेकाले समुहका पदाधिकारीलाई सँधै चटारो हुने गरेको कँुवरको दाबी छ ।

‘महेन्द्र राजमार्गसँगै जोडिएको वन भएकोले हामीले चोरी तस्करी रोक्न धेरै मेहनत गर्दै आएका छौं’ मजुरे सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष प्रदिप विसीले  भने,‘यस्तै वनमा जंगली जनावर तथा पशुपन्छीलाई पानीको अभाव नहोस् । चैत वैशाखमा हुने डडेलो नियन्त्रण गर्न सजिलो होस् ।’ जंगलमा आगलागी नहोस् भन्ने मुख्य उद्देश्यले पानीको स्रोत पनि संरक्षण होस् भनेर समुहले यस वर्षबाट पानीका पोखरी समेत निर्माण गर्ने तयारी गरेको मजुरेका अध्यक्ष विसीको भनाइ छ ।

घौवा महिला सामुदायिक वनका अध्यक्ष टिकाराम भट्टराईले शीतगंगाका धेरै सामुदायिक वनले अब बाटो निर्माण सिँचाइ कुलो निर्माण, बिजुली बत्ति, आयआर्जन अन्तर्गत कुखुरा पालन, बाख्रा पालन, बंगुर पालन, खानेपानी पाइप वितरण, बीउ मल वितरण स्थानीय युवाहरुलाई रोजगारी, सामुदायिक वनका पदाधिकारीलाई विभिन्न ठाउँहरुको अवलोकन, भ्रमण, टनेल वितरण, उत्पादनमा अनुदान, सहकारी संस्था संचालन जस्ता रचनात्मक काम गरेको बताए । गाउँको विकासमा समेत समुहले योगदान दिएको भट्टराईको दावी छ ।

यस्तै गाउँको सडक निर्माण तथा मर्मतमा पनि सामुदायिक  वन र धार्मिक आस्थाका केन्द्रहरु समेत भएकोले सामुदायिक वनलाई पर्यपर्यटनसँग जोडेर त्यसबाट लाभ लिने योजना समुहले बनाएको उपाध्यक्ष पदम गुरुङले बताए । 

त्यसका लागि स्थानीय तहसँग समन्वय गरी काम गर्ने उपभोक्ता समितिका पदाधिकारीले बताए । सामुदायिक वनबाट शीतगंगा १२ डोहोटेका उपभोक्ताले पनि उल्लेखनीय लाभ लिएका छन् । सामुदायिक वनको पैसाबाट सडक, विद्युत्, खानेपानीका पूर्वाधार बनाउने, सडकको पहुँच विस्तार गर्ने, डडेलो नियन्त्रणका लागि  प्रचार–प्रसारका काम गर्ने योजना समुहको रहेको उपभोक्ता समितिका अध्यक्ष रेशम बन्जाडेले जानकारी दिए । शीतगंगा १३ को धिरिखोला सामुदायिक वन तथा शीतगंगा १४ को पावरा सामुदायिक वन, शीतगंगा ११ को गैडे सामुदायिक वन, शीतगंगा संरक्षण, जैविक विविधता, आयआर्जन, नेतृत्व विकास जस्ता मुद्दामा धेरै अघि बढेको छ । वनको आयआर्जन कम भएपनि उपभोक्ताहरुमा संरक्षणको जोश धेरै छ । सामुदायिक वनले गाउँमा चेतना जगाउन र सहकार्य गर्दै अघि बढ्न उपभोक्ताहरुलाई जागरुक समेत बनाउँदै आएका छन् । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise