२०८१ माघ ७ गते सोमवार / Jan 20 , 2025 , Monday
२०८१ माघ ७ गते सोमवार
Ads

मुगुमा ३ हजार बढीलाई ‘एचपीभी खोप’ लगाइने

hardik ivf
प्रेमराज कार्की
२०८१ माघ ७ गते २१:२३
मुगुमा ३ हजार बढीलाई ‘एचपीभी खोप’ लगाइने

मुगु : मुगुमा यही माघ २२ गतेबाट पाठेघर मुखको क्यान्सरविरुद्धको (एचपीभी) खोप अभियान सञ्चालन गरिने भएको छ ।  जिल्लाका चार स्थानीय तह छायाँनाथ, रारा, सोरु, खत्याड र कार्मारोङ गाउँपालिकामा खोप अभियान सञ्चालन गर्न लागिएको हो । 

अभियान अन्तर्गत कक्षा ६ देखि १० सम्मका ३ हजार ८सय ८५ जना छात्रा लक्षित गरी एचपीभी खोप दिइने जिल्ला स्वास्थ्य सेवा कार्यालय मुगुले जनाएको छ । स्वास्थ्य सेवा कार्यालय मुगुका स्वास्थ्य सेवा व्यवस्थापक डा. निर्मल नगरकोटीका अनुसार खोप कार्यक्रम आगामी माघ २२ गतेबाट फागुन ६ गतेसम्म सबै सामुदायिक र संस्थागत विद्यालयहरूमा सञ्चालन हुनेछ ।

खोप कक्षा ६ देखि १० सम्मका विद्यालयका छात्रा र विद्यालय बाहिरका १० देखि १४ वर्षका बालिकालाई दिइनेछ । 

मुगु जिल्लामा एक नगरपालिका र तीन गाउँपालिका गरी चार वटा स्थानीय तहमा पाठेघर मुखको क्यान्सरविरुद्धको (एचपीभी) खोप  अभियानका साथ सञ्चालन गरिने छ । छायानाथ रारा नगरपालिकाकामा एक हजार तीन सय ५३ जना, खत्याड गाउँपालिकामा एक हजार ७७, मुगुम कार्मारोङमा तीन सय ८१ र सोरु गाउँपालिकामा एक हजार १४ जना छात्रालाई एचपीभी खोप लगाइने र विद्यालय बाहिर रहेका किशोरीको हकमा जन्मदर्ताका आधारमा उमेर हेरेर खोप लगाइने जनाइएको छ । 

खोपले बालिकाहरूको स्वास्थ्य अवस्था सुधार गर्दै पाठेघर मुखको क्यान्सरको जोखिम न्यूनीकरण गर्ने अपेक्षा राखिएको स्वास्थ्य सेवा कार्यालय मुगुका व्यवस्थापक निर्मल नगरकोटीले बताए ।

ADVADV

सम्बन्धित खबर

Advertise