२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

हिसान मोरङद्वारा खेल सप्ताह आयोजना

Nada
२०८१ माघ ८ गते २०:०२
Shares
हिसान मोरङद्वारा खेल सप्ताह आयोजना

विराटनगर : उच्च माध्यमिक शिक्षालय संघ (हिसान) मोरङले खेल सप्ताह आयोजना गरेको छ । हिसान मोरङले मंगलबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरेर खेल सप्ताहका बारेमा जानकारी गराएको हो । औपचारिकरुपमा माघ १० गतेदेखि १६ गतेसम्म हुने भएपनि फुटबल खेल मंगलबारदेखि शुरु भएको छ ।

ncell

खेल सप्ताहमा महिला तथा पुरुष फुटबल, भलिबल, टेबल टेनिस, कवड्डीसहित पुरुष क्रिकेट, बास्केटबल तथा लामो तथा छोटो दुरीको दौड प्रतियोगिता जस्ता इभेन्ट्स हुने मोरङ अध्यक्ष अमित ढकालले जानकारी दिएका छन् । 

अध्यक्ष ढकालका अनुसार हिसानमा आबद्ध मोरङ जिल्लाका ३२ कलेजमा ११ र १२ कक्षा अध्ययनरत करिब १७ सय विद्यार्थी सहभागी गराइने छ ।

अध्यक्ष ढकालका अनुसार पुरुष फुटबलमा २२ वटा विद्यालय सहभागी हुनेछन् । फुटबलमा बेस्ट स्कोरर, किपर र प्लेयरका साथै २१ वटा प्लेयर अफ द म्याच दिइने भएको छ । त्यसैगरी १७ टिम सहभागी हुने भविबल खेलमा बेस्ट स्पाइकर, रेजर, ब्लकर, सर्भर र डिफेन्सरका साथै १६ वटा प्लेयर अफ द म्याच दिने योजना रहेको छ । क्रिकेटमा १३ टिम सहभागी हुनेछन् । जसमा उत्कुष्ट बलर, ब्याटर प्लेयर अफ द सिरिज सहित १२ वटा प्लेयर अफ त म्याच समेत दिइनेछ ।

खेलकुद विधातर्फ फुटबल र भलिबलमा प्रथम र दोस्रो हुने टिमलालाई ट्रफी र प्रमाणपत्र, बास्केटबलमा प्रथमलाई, लामो तथा छोटो दुरीको दौडका साथै टेवल टेनिसमा प्रथम, दोस्रो, तेस्रो र चौंथो हुने खेलाडीलाई ट्रफी, मेडल तथा प्रमाणपत्रले सम्मान गरिने अध्यक्ष ढकालले बताए ।

खेल विधामध्ये क्रिकेट विराटनगर १९ स्थित क्रिकेट रंगशालामा, फुटबल शहीद रंगशालामा, भलिबल, कवड्डी, बास्केटबल डिपिएस स्कुलमा र टेबल टेनिस कबर्ड हलमा आयोजना हुनेछ । खेल अवधिभर आयोजकले ३० लाख खर्च हुने अनुमान गरेको छ ।

मंगलबार भएको फुटबल खेलमा विराटनगरको अर्किड कलेजलाई बेलबारीको शिक्षा सन्देश कलेजले पेनाल्टी सुटआउटमा ४–३ को गोल अन्तरले पराजित गरेको छ । निर्धारित समयमा दुवै टिमले बराबरी खेलेपछि खेलको निणर्य पेनाल्टी सुटआउटबाट भएको हो । खेलको प्लेयर अफ म्याच वेलबारीका गोरकिपर प्रशान्त न्यौपाने भए ।

ताजा खबर

सम्बन्धित खबर