२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

संसदकै झल्को दिने गरी लुम्बिनीमा नमुना युवा प्रदेश सभा सञ्चालन

ADV
सुर्य प्रसाद भुसाल
२०८१ असार १२ गते १९:५४
संसदकै झल्को दिने गरी लुम्बिनीमा नमुना युवा प्रदेश सभा सञ्चालन

बुटवल : लुम्बिनी प्रदेशमा प्रदेशस्तरीय नगर युवा प्रदेश सभा अभ्यास सम्पन्न भएको छ । जेठ ८ गतेदेखि शुरु भएको संसदीय अभ्यास कार्यक्रम बुधबार समापन भएको हो । चार दिनसम्म चलेको उक्त कार्यक्रम लुम्बिनी प्रदेशका सबै स्थानीय तहको गाउँ/नगर सभाबाट छनौट भएर आएका युवाको प्रतिनिधित्व गर्ने ४३ जना युवाहरुको मध्यबाट प्रदेश प्रमुख, मुख्यमन्त्री, सभामुख, उपसभामुख विभिन्न मन्त्रालयका मन्त्री सत्तापक्ष र प्रतिपक्षको भूमिकामा रहि प्रदेश सभा सञ्चालन गरेका थिए । उनीहरुले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम, बजेट र विभिन्न विद्येकलाई पास गर्दै लुम्बिनी प्रदेश सभाको डेमो प्रस्तुत समेत गरेका थिए ।

युवालाई देशको संविधान नियम कानून, संसदीय व्यवस्था अभ्यास र अनुशासन सिकाइ भविष्यमा असल नेतृत्व गर्न सक्षम जनशक्ति उत्पादन गर्नका लागि राष्ट्रिय युवा परिषद्को समन्वय र लुम्बिनी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गत प्रदेश युवा परिषद्ले ४ दिने नमुना युवा प्रदेश सभा सञ्चालन गरेको हो ।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै युवा परिषद्का उपाध्यक्ष गोविन्दबहादुर खत्रीले युवाहरुको क्षमता र योग्यता पहिचान गरी मेरो देश म बनाउँछु भन्ने उद्देश्यले समृद्ध राष्ट्र निर्माणमा अगाडि बढ्न अनुरोध गरे ।

कार्यक्रममा संवैधानिक पदमा रहेका लुम्बिनी प्रदेश सांसद तथा पूर्व संविधान सभा सदस्य, पूर्वमन्त्री इन्द्रजित थारुले लोकतान्त्रिक प्रणाली शासकीय स्वरुप र राज्य सञ्चालनको प्रक्रिया, सरकार निर्माण प्रक्रिया, बजेट निर्माण, प्रदेश सभामा कानून निर्माणको प्रक्रिया, सभामा पेस, छलफल र पारित, कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाबीच अन्तर सम्बन्ध लगायतका विषयमा सहजीकरण गरेका थिए ।

सहभागिहरुका अनुसार यस संसदीय अभ्यास कार्यक्रममार्फत राज्य, देशको संविधान, सरकारको प्रशासनिक तथा राजनीतिक र लोकतन्त्रीक प्रणालिहरुका बारेमा विस्तृत ज्ञान लिन पाएको बताएका छन् । यससँगै संसदीय अभ्यास गर्दै गर्दा आफुमा क्षमता अभिवृद्धि, भाषण कला, आत्मबल तथा राज्य र राजनीतिक ज्ञान–सीपको विकास भएको महसुस  भएको बताए ।

युवाहरुलाई नमुना युवा प्रदेश सभा अभ्यासका विभिन्न सत्रमा सामाजिक विकास मन्त्रालयका कर्मचारी डम्बर खराल, प्रशिक्षक प्रकाश उपाध्याय, परिषद्का सदस्य रिया बस्नेत र सरोज खनाल लगायतले बोल्दै यस्ता कार्यक्रमहरुले संसदीय प्रणाली, लोकतान्त्रिक मूल्य, संविधानका अन्तरवस्तु, शासकीय प्रणाली, संघीयता र युवाका मुद्दा, सरकारले युवाको नेतृत्व विकासमा सहयोग पुग्ने बताए । यस्तै उनीहरुले लोकतान्त्रिक शासन प्रणाली सुशासन सम्बन्धी युवा सशक्तिकरणका लागि सैद्धान्तिक र व्यवहारिक अभ्यास स्वरुप नमुना युवा सासंद अभ्यासको अवधारण संघीय सरकारले ल्याएको बताउँदै  प्रदेश र स्थानीय तहले पनि युवामैत्री नगरको अवधारणासहित यस्ता संसदीय अभ्यास कार्यक्रमहरुको सुरुवात गरेकोप्रति सरकारलाई धन्यवाद दिएका थिए । उनीहरुले युवामा उद्यमशीलता र नेतृत्व विकास गरी देशको नेतृत्व लिन सक्ने जनशक्ति उत्पादनमा कार्यक्रमले सहयोग पुग्नेमा जोड दिएका थिए । 

युवा परिषदको कार्यविधि अनुसार पहिलो चरणमा स्थानीय तहमा नगर/गाउँ सभाको अभ्यास गराइन्छ । नगर/गाउँसभाबाट छनोट भएका युवालाई दोस्रो चरणमा प्रदेश नमुना सभामा सहभागी गराइन्छ र प्रदेश युवा छनौट गरी संघमा पठाइने आयोजकले जनाएको छ । युवालाई व्यवस्थापिका कार्यपालिका र न्यायपालिकाको कार्य तथा अन्तरसम्बन्धको ज्ञान गराइ असल संस्कार र सुझबुझपूर्ण व्यवहार सिकाउनका लागि यस कार्यक्रम सञ्चालन गरिएको हो ।

ADVADV

सम्बन्धित खबर

Advertise