२०८१ माघ १५ गते मङ्गलवार / Jan 28 , 2025 , Tuesday
२०८१ माघ १५ गते मङ्गलवार
Ads

एचपीभी खोप जिल्लामा पठाउन सुरु

hardik ivf
मध्यान्ह
२०८१ माघ १३ गते १६:५८
एचपीभी खोप जिल्लामा पठाउन सुरु

काठमाडौं : २२ माघदेखि शुरु हुने पाठेघरको मुखको क्यान्सरविरुद्ध किशोरीलाई लगाइने एचपीभी खोप अभियानका लागि कोशी प्रदेशका विभिन्न जिल्लामा खोप पठाउन सुरु गरिएको छ ।

केही दिन अघि विराटनगर स्थित प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा आइपुगेको २ लाख ७५ हजार १ सय ८० भाईल खोप मध्ये ५८ हजार ८ सय ५० भाइल ७ वटा जिल्लामा पठाइएको छ ।

झापा, मोरङ, सुनसरी, उदयपुर, सोलु, ओखलढुंगा र संखुवासभामा एक साताभित्र खोप पठाइने र करिब ६ हजार ६ सय भाइल बफर स्टकमा राखिने प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख ज्ञान बहादुर बस्नेतले जानकारी दिए ।

२२ माघदेखि फागुन ६ गतेसम्म एचपिभी खोप अभियान संचालन गरी १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरुलाई निःशुल्क खोप दिने उनले बताए ।

एचपिभी खोप लगाउँदा एचपिभीको संक्रमणबाट हुने क्यान्सर रोग ७० प्रतिशत घटाउन सकिने विश्वास रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागले लक्षित समूहका किशोरीहरूलाई विद्यालयमै खोप अभियान सञ्चालन गर्ने बताइएको छ ।
 

ADVenergy

सम्बन्धित खबर

Advertise