२०८१ माघ १५ गते मङ्गलवार / Jan 28 , 2025 , Tuesday
२०८१ माघ १५ गते मङ्गलवार
Ads

बैतडीमा १३ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइँदै

hardik ivf
ललित बोहरा
२०८१ माघ १३ गते २०:३८
बैतडीमा १३ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइँदै

बैतडी : बैतडीमा १३ हजारभन्दा बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप लगाइने भएको छ । यही माघ २२ गतेदेखि फागुन ६ गतेसम्म १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइने स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।

विद्यालयमै खोप केन्द्र स्थापना गरेर कक्षा ६ देखि १० सम्मका किशोरीलाई खोप लगाइने स्वास्थ्य कार्यालय बैतडीका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टले बताए ।

उनले १० वटै स्थानीय तहका स्वास्थ्य शाखासँग समन्वय गरी खोप अभियान चलाउने बताए । विद्यालय जाने गाउँका किशोरीलाई उमेरका आधारमा खोप लगाइने उनले बताए ।

जिल्लाभरि विद्यालय जाने १३ हजार २ सय ६३ र र विद्यालय नजाने ३ सय १ गरी जम्मा १३ हजार ५ सय ६४ जना किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपीभी खोप दिइने स्वास्थ्य कार्यालयका सूचना अधिकारी विपिन लेखकले बताए ।

जिल्लाको दशरथचन्दमा १४ सय ८७, पाटनामा १५ सय २३, मेलोलीमा ११ सय ६३ र पूर्चौडी नगरपालिकामा २३ सय ६६ किशोरीलाई खोप लगाइने छ । यस्तै पञ्चेश्वर ९ सय ९०, शिवनाथ एक हजार २, सुर्नया १ हजार ८४, शिगास ११ सय ६०, डिलाशैनी १३ सय १४ र दोगडाकेदार गाउँपालिकाका ११ सय ७४ किशोरीलाई खोप दिइनेछ ।

खोप अभियानलाई प्रभावकारी बनाउन सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहेको जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका अध्यक्ष खगेन्द्र धामीले बताए । किशोरीलाई खोपबाट वञ्चित हुन नदिन प्रचारप्रसार र समाचारका माध्यमबाट सञ्चारमाध्यमले समन्वय गर्नुपर्नेमा उनले जोड दिए ।

खोप अभियानलाई सफल बनाउन सबैले सहयोग र समन्वय गर्नुपर्ने भन्दै अभिभावकलाई आफ्ना छोरीलाई खोप लगाउन सम्बन्धित केन्द्रमा पठाउन आग्रह गरे । उनले सरकारले लिएको लक्ष्य र उद्देश्य हासिल गर्नका लागि सबैले सहयोग गर्नुपर्नेमा जोड दिए । किशोरीलाई लगाइने पाठेघरको मुखमा लाग्ने क्यान्सरविरुद्धको खोपमा स्थानीय तहमा अभिमुखीकरण गरिएको छ ।

खोप लगाउनका लागि स्वास्थ्य कार्यालयले जिल्लाभर स्वास्थ्यकर्मी र स्वयंसेवक परिचालन गरिने जनाएको छ । स्वास्थ्यकर्मीलाई तालिम दिइसकेको छ । वडासम्ममा खोप समन्वय समितिका बैठक राख्ने तयारी भइरहेको छ ।

ADVenergy

सम्बन्धित खबर

Advertise