२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

‘कमर्सियल जनशक्तिमार्फत नगरपालिकाको विकास गर्छौं’

ADV
सुर्य प्रसाद भुसाल
२०८१ असार १२ गते २०:२८
‘कमर्सियल जनशक्तिमार्फत नगरपालिकाको विकास गर्छौं’

अर्घाखाँची : भूमिकास्थान नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि नगरसभाबाट स्वीकृत वार्षिक बजेट तथा कार्यक्रमको बुधबार नगरपालिकामा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । 

‘कृषि,पर्यटन,उद्योग र रोजगार,समृद्ध भूमिकास्थान’ भन्ने मुख्य नारा र  दिर्घकालिन सोंचका साथ अगाडि बढेको नगरपालिकाको आगामी आर्थिक वर्षको ८६ करोड ८८ लाख ४७ हजार बराबरको बजेट पारित गरेको छ । स्वीकृत बजेट मुख्य नीति तथा कार्यक्रमको बारेमा जानकारी दिँदै नगरप्रमुख थापाले नगरपालिकाले उत्पादन,रोजागारी र आर्थिक विकासलाई नै केन्द्र  भागमा राखेर बजेट विनियोजन गरिएको बताए ।

नगरप्रमुख थापाले नगरपालिकाबाट पारित गरेको कुल बजेटमध्ये चालुतर्फ ५७ करोड १० लाख ६२ हजार अर्थात ६५.७३ प्रतिशत र पुँजीगततर्फ २९ करोड ७७ लाख ८५ हजार अर्थात् ३४.२७ प्रतिशत बजेट विनियोजन गरेको जानकारी दिए । संघबाट प्राप्त हुने बजेट बाहेक नगरलाई प्राप्त हुने संघ र प्रदेशको निःशर्त बजेट र नगरको आन्तरिक आम्दानी गरी जम्मा २७ करोड ५७ लाख ८२ हजार बरावरको बजेट नगरसभाबाट पारित भएको छ ।

संघ र प्रदेशको निःशर्त अनुदान र नगरपालिकाको आफ्नै आम्दानी समेतको कुल बजेटबाट तलव भत्ता, प्रशासनिक खर्च, विद्यालय शिक्षक थप अनुदान समेतको बजेट घटाउँदा बाँकी हुन आउने बजेट १५ करोड १२ लाख बजेटबाट नगरपालिकाको आर्थिक, सामाजिक, पूर्वाधार विकास वन तथा वातावरण तथा विपद क्षेत्र र सुशासन तथा संस्थागत विकासको क्षेत्रमा बजेट विनियोजन गरेको नगरप्रमुख थापाले बताए ।

आगामी आर्थिक वर्ष २०८१/८२ को खर्च व्यहोर्नेमध्ये संघीय सरकार सशर्त अनुदानतर्फ ३५ करोड ५२ लाख ५६ हजार, संघीय सरकार वित्तीय समानिकरण अनुदानतर्फ ११ करोड १६ लाख, संघीय सरकारको राजश्व बाँडफाँडतर्फ १० करोड २ लाख संघीय सरकारतर्फ ५५ लाख संघीय सरकार समपुरक अनुदानतर्फ १ करोड प्रदेश, सरकार सशर्त अनुदानतर्फ १ करोड १० लाख बजेट विनियोजन भएको छ । यस्तै प्रदेश सरकार वित्तीय समानिकरण अनुदानतर्फ ७४ लाख ८२ हजार प्रदेश सरकार राजश्व बाँडफाँडतर्फ १ करोड ६० लाख, प्रदेश सरकार विशेष अनुदानतर्फ बजेट प्राप्त नभएको प्रदेश सरकार समपुरक अनुदानतर्फ १ करोड ५ लाख, प्रदेश सरकार नवप्रवर्द्धन म्याचिंग १ करोड, आन्तरिक स्रोततर्फ ७० लाख, वन रोयल्टीबाट १२ लाख ६६ हजार, विद्युत रोयल्टीबाट १५ लाख २२ हजार, पानी तथा अन्य रोयल्टी १ लाख, जेष्ठ नागरिक दिर्घ सेवा सम्मान तथा सामाजिक सुरक्षा कार्यक्रम १८ करोड ५० लाख, सडक बोर्डतर्फको ५५ लाख र कर्मशिल जनशशक्तिबाट उत्पादित बस्तुको बिक्रीबाट प्राप्त हुने आम्दानी १२ लाख गरी विभिन्न शिर्षकमा बजेट विनियोजन भएको नगर प्रमुख थापाले बताए ।

आगामी वर्षको बजेटमा नवप्रवर्द्धन कार्यक्रम, कर्मशियल कार्यक्रम स्वास्थ्य,शिक्षा कृषि पर्यटलाई महत्वका साथ अगाडि बढाउने नीति ल्याइएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत जगदीशचन्द्र नेपालीले जानकारी दिए ।

वार्षिक नीति, कार्यक्रम बजेटलाई समयमै प्रभावकारी रुपमा कार्यान्वयन गर्न सबै पक्ष एक भएर लाग्नुपर्ने प्रमुख प्रशासकीय जग्दिशचन्द्र नेपालीले बताए ।
पत्रकार सम्मेलनमा नगर उपप्रमुख बालकृष्ण बन्जाडे, वडा नं ५ का अध्यक्ष,जयगोपाल श्रेष्ठ, वडा नं ६ का अध्यक्ष प्रेम बेल्वासे,योजना शाखा प्रमुख हरिशचन्द्र भुसाल, पत्रकार महासंघका अध्यक्ष अशोक खनालसहितको उपस्थिति रहेको थियो । नगरप्रमुख झविलाल थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शेषकान्त घिमिरेले गरेका थिए । 

ADVADV

सम्बन्धित खबर

Advertise