२०८२ चैत १३ गते शुक्रवार / Mar 27 , 2026 , Friday
२०८२ चैत १३ गते शुक्रवार
Ads

शीतकालीन प्याकेज वितरण

himalayanlife
सत्येन्द्र प्रताप सिंह
२०८१ माघ १९ गते २१:३७
Shares
शीतकालीन प्याकेज वितरण

रौतहट : ब्रीटिस काउन्सिल, भि.एस.ओ. र युके आइडीको साझेदारीमा संचालित जेम्स परियोजनाको आर्थिक सहयोग तथा आसमान नेपाल गौर शाखाको आयोजनामा शीतकालीन प्याकेज वितरण गरिएको छ । गौर नगरपालिका वडा नं ४ गढवा टोलमा उक्त प्याकेज वितरण गरिएको हो । 

कार्यक्रमको उद्घाटन गर्दै जेम्स परियोजनाका रौतहट परियोजना संयोजक संजय कुमार यादवले तराईमा बढ्दो शीतलहरको कारण गरिब, दलित तथा विपन्न परिवारहरुको जनजीवन प्रभावित भएकाले आमाहरूको लागि प्याकेज वितरण कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रमको मुख्य उद्देश्य गरिब, दलित तथा विपन्न परिवारहरुको सुत्केरी, दलित तथा अपाङ्ग महिलाहरु गरी जम्मा ६० जनालाई न्यानो झोला, कम्बल र फोम वितरण गरिएको हो । 

कार्यक्रमलाई सफल बनाउन आसमान नेपालको गौर शाखाका स्वास्थ्य सहजकर्ता मन्जु रजक,  फाइनान्स अफिसर आशिष कुमार मिश्र, अजित कुमार यादव, र भियसो रौतहटका आरती पटेलको पनि विशेष भूमिका रहेको थियो । 

कार्यक्रममा गौर नगरपालिकाका समाजसेवीहरु चिरन्जीवी सिंह, श्रीराम यादव, जगदीश यादव र मनोज यादव लगायत सहभागी थिए । 

सहभागीहरुले आसमान नेपाल, जेम्स परियोजना  र संयोजक संजय कुमार यादवलाई धन्यवाद दिँदै यस्ता कार्यक्रमहरु आगामी दिनहरुमा पनि निरन्तर उपलब्ध गराउन आग्रह गरेका थिए  । कार्यक्रमको समापनमा परियोजना संयोजक यादवले आसमान नेपाल जेम्स परियोजना रौतहटको टोलीले यस कार्यक्रमलाई सफल बनाउन गरेको मेहनत र समर्पणप्रति आभार व्यक्त गरे ।

सम्बन्धित खबर