२०८३ मंसिर ६ गते आइतवार / Nov 22 , 2026 , Sunday
२०८३ मंसिर ६ गते आइतवार

मधेशका मुख्यमन्त्री यादवले लिए शपथ

Nada
२०८३ मंसिर ६ गते ११:४३
Shares
मधेशका मुख्यमन्त्री यादवले लिए शपथ

जनकपुरधाम : मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेशप्रमुख सुरेन्द्रलाभ कर्णसँग उनले आज बिहान प्रदेश प्रमुखको कार्यालयमा शपथ लिएका हुन् ।

प्रदेश प्रमुख कर्णले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा नियुक्त गर्न मंसिर ४ गते अपराह्न ४ बजेसम्म दाबी पेस गर्न आह्वान गरेका थिए ।

निर्धारित समयभित्र कुनै पनि दलबाट दाबी पेस नभएपछि प्रदेशसभामा सबैभन्दा बढी सदस्य रहेको दलका संसदीय दलका नेता यादवलाई संविधानको धारा १६८ को उपधारा (३) बमोजिम शनिबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर