२०८२ असार १६ गते सोमवार / Jun 30 , 2025 , Monday
२०८२ असार १६ गते सोमवार
Ads

कटहरियामा २ हजार बढीलाई एचपीभी खोप लगाइने

shivam cement
सत्येन्द्र प्रताप सिंह
२०८१ माघ २१ गते २१:०९
कटहरियामा २ हजार बढीलाई एचपीभी खोप लगाइने

रौतहट : रौतहटको कटहरिया नगरपालिकाका २ हजार बढी किशोरीहरुलाई पाठेघरविरुद्धको एच.पी.भी. खोप लगाइने भएको छ । 

स्वास्थ्य शाखाको आयोजनामा सोमबार भएको नगरस्तरीय खोप समन्वय समिति तथा सञ्चारकर्मीहरुसँगको अभिमूखीकरण कार्यक्रममा स्वास्थ्य संयोजक दिनेश यादवले नगरभरिमा २३ गतेदेखि २६ गतेसम्म सञ्चालन हुने एच.पी.भी. खोप अभियानमा २ हजार ४ सय १३ छात्रा र किशोरीहरुलाई खोप दिइने  लक्ष्य राखिएको बताए । 

खोप कार्यक्रमको लक्ष्य,उद्देश्य, उपलब्धी, अवस्थाबारे जानकारी गराउने, पाठेघरको मुखको क्यान्सर निवारण, रणनीति, एचपीभी खोप अभियानको औचित्य र सञ्चालन प्रक्रियाबारे जानकारी गराउने, खोप समन्वय समिति संचार क्षेत्र र सरोकारवालाहरुको भूमिका र जिम्मेवारी बारे जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । 

औसतमा प्रत्येक दिन ४ जना महिलाहरुको पाठेघरको मुखको क्यान्सरबाट मृत्य हुने गरेको भन्ने अनुमान गरिएकोले १० वर्षदेखि १४ वर्ष मुनिमा किशोरीहरु कोही पनि छुट्न नहुने संयोजक यादवले बताए । 

कार्यक्रममा कटहरिया वडा नं ८ का वडाध्यक्ष समिश बिक्रम साह, कार्यपालिका सदस्य दिलिप साह, मनोज जयसवाल,जामुन ठाकुर, जनस्वास्थ्य निरीक्षक सन्तोषकुमार साह, सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश दुधियाभारका प्रहरी निरीक्षक चुनराज थापा, ईप्रका कटहरियाका इन्चार्ज मुकेश कुमार सिंह, सञ्चारकर्मीहरु लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

यस्तै परिवार पोषण लेखाजोखा पद्धति परिवार मुुआक अवधारण कार्यक्रम अन्तर्गत पालिका स्तरीय समन्वय बैठक समेत बसेको छ । सो बैठकमा कटहरिया नगरभरि रहेका कुपोषित बालबालिकाहरुको सर्वेक्षण गर्ने जानकारी गराइएको छ ।

ADV

सम्बन्धित खबर

Advertise