काठमाडौं : ज्योति विकास बैंकको सञ्चालक समितिको मिति २०७७ साल असार २५ गते बसेको बैठकले श्रीचन्द्र भट्टलाई प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गरेको छ । नवनियुक्त प्रमुख कार्यकारी अधिकृत भट्टले यहि आउँदो श्रावण ७ गते बुधबार देखि आफ्नो ४ वर्षीय कार्यभार सम्हाल्नेछन् । नेपाल इन्भेष्टमेन्ट बैंकबाट बैंकिङ्ग क्षेत्रमा प्रवेश गरेका भट्टको बैंक, बीमा र रेमिट गरि आर्थिक क्षेत्रमा २ दशक भन्दा बढीको अनुभव रहेको छ ।
नवनियुक्त प्रमुख कार्यकारी अधिकृत भट्टले नेपाल इन्भेष्टमेन्ट बैंकमा सहायक महाप्रबन्धक, मेघा बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत र आइएमइ लाइफ इन्स्योरेन्स कम्पनीमा प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यभार सम्हालेका थिए । भट्टको विभिन्न क्षेत्रमा उच्चस्तरिय र सशक्त अनुभव रहेको छ ।
हाल ज्योति विकास बैंकले १ सय ५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ५८ वटा एटीएममार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ । हालसम्म बैंकले ३ लाख भन्दा बढि खाताबाट करिब रु. ३५ अर्ब निक्षेप संकलन गरी २० हजारभन्दा बढि ऋणीलाई करिब रु. ३० अर्व लगानी गर्न सफल भएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies