२०८३ असोज २१ गते बुधवार / Oct 07 , 2026 , Wednesday
२०८३ असोज २१ गते बुधवार

६० प्रतिशत बढी काम सम्पन्न गरें : नगरप्रमुख साह

Nada
सत्येन्द्र प्रताप सिंह
२०८१ माघ २५ गते २१:०५
Shares
६० प्रतिशत बढी काम सम्पन्न गरें : नगरप्रमुख साह

रौतहट : रौतहट गौर नगरपालिकाका प्रमुख शम्भु साहले आफ्नो कार्यकालमा ६० प्रतिशत बढी काम सम्पन्न गरिसकेको बताएका छन् । २०७९ मा नेकपा एसबाट निर्वाचित मेयर साहले आफुले प्रतिबद्धता गरेअनुसारको विकास कार्यमा निरन्तरता दिइरहेको बताए । 

ncell

नगरपालिकामा मठ मन्दिर, रोड, नाला, कृषि, सडक, आरसीसी एवं पिसीसी सडक ढलान, विद्यालय भवन,जेष्ठ नागरिक सम्मान, डिजिटल कक्षा संचालन,अनलाइन कक्षा, छात्रछात्रालाई ब्याग वितरण लगायतका कामहरु सम्पन्न गरिसकेका छन् । 

यस्तै क्रान्तिद्वार प्रवेशमा गमलासहितको सौन्दर्यकरण, शिवालय पोखरी सौन्दर्यकरण, बरहवा घाटको सौन्दर्यकरण, बरहवा झोलुंगे पुल निर्माणको काम नगरप्रमुख साहको निर्देशनमा सम्पन्न भइसकेको छ । 

साथै नगरपालिकामा ठूलो योजनाको रुपमा पण्डित मंगल उपाध्याय बहुमुखी क्याम्पस गौर–२, बानेश्वर नाथ झोलुंगे पुल गौर २, घण्टाघर गौर–५,टाउन हल गौर–२, कोल्ड स्टोर गौर–२, विवाह भवन गौर–४, विवाह भवन गौर–२, विवाह भवन गौर–८, नगर प्रवेशद्वार गौर–७, पशुसेवा केन्द्र अस्पताल गौर–१,बानेश्वर नाथ मन्दिर महादेवपट्टी पुरातात्विक स्थल प्रमाणित गौर–२ लगायत अरु ठूला योजनाहरु ल्याउने प्रयास जारी रहेको नगरप्रमुख साहले बताए ।

सम्बन्धित खबर