काठमाडौं : कुमारी बैंक लिमिटेडले जोंटा क्लब काठमाडौं नेपाल नामक एक गैरसरकारी, परोपकारी संस्थालाई सहयोग गरेको छ । उक्त संस्थाले समाजमा लैङ्गिक भेदभाव, अत्याचार एवं हिंसाको विरुद्धमा आवाज उठाउने लगायत महिलाहरुको हकअधिकारका सम्बन्धमा विभिन्न क्रियाकलाप तथा कार्यक्रमहरु संचालन गर्दै आएको छ ।
यस सेवा–उन्मुख संस्थाको मुख्य उद्देश्य महिला हकअधिकार, सशक्तिकरणका मुद्दामामिलाहरुमा स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवालाहरुको ध्यानाकर्षण गर्दै उनीहरुकोे क्षमता अभिवृद्धि गर्दै लैजानु रहेको छ । यस संस्थाका प्रसंशनीय कार्यहरुको कदर र सम्मान स्वरुप उक्त सहकार्य गरिएको बैंकका पधादिकारीले जानकारी दिए ।
कुमारी बैंकको टंगालस्थित प्रधान कार्यालयमा एक संक्षिप्त कार्यक्रममाझ बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत अनुज मणि तिमिल्सिना ज्यूले जोंटा क्लब काठमाडौं नेपालकी अध्यक्ष सीमा गोल्छा ज्यूलाई सहयोग रकम रु ७ लाखको चेक हस्तान्तरण गरेर गरे ।
आफ्ना देशव्यापी २०३ शाखा संजाल, १३८ एटिएम्, १३ एक्सटेन्सन काउन्टर तथा २१ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक सेवाहरु दिँदै आएको कुमारी बैंकले आगामी दिनमा संस्थागत सामाजिक उत्तरदायित्व अन्र्र्तगत विभिन्न क्षेत्रमा अझै सेवामूलक तथा प्रभावकारी सेवा पुर्याउँदै जाने प्रतिबद्धता जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies