२०८३ असोज २१ गते बुधवार / Oct 07 , 2026 , Wednesday
२०८३ असोज २१ गते बुधवार

मुख्यमन्त्री सिंहमाथि असफलताको आरोप

Nada
सत्येन्द्र प्रताप सिंह
२०८१ माघ २८ गते २१:१६
Shares
मुख्यमन्त्री सिंहमाथि असफलताको आरोप

रौतहट : नेपाली कांग्रेस मधेश प्रदेश प्रचार–प्रसार विभागका प्रमुख नितेशकुमार गुप्ताले मधेश प्रदेशका  मुख्यमन्त्री सबैभन्दा असफल भएको आरोप लगाएका छन् । उनले अहिलेसम्म कुल बजेटको ४० प्रतिशत खर्च भइसक्नुपर्नेमा सतिशकुमार सिंह विकासको नाममा केवल भाषणमै सिमित भएको र विकासे बजेट खर्चको प्रतिशत शून्य रहेको बताए । 

ncell

नेपाल निजामती कर्मचारी यूनियनको जिल्ला अधिवेशनलाई सोमबार जिल्ला समन्वय समितिको सभाकक्ष गौरमा सम्बोधन गर्दै प्रचार विभाग प्रमुख गुप्ताले जबसम्म नेपाली कांग्रेसको नेतृत्वमा मधेश सरकारको निर्माण हुँदैन, तबसम्म मधेश प्रदेशमा विकासको लहर नआउने उनले बताए । 

उनले भ्रष्टाचार, लुटतन्त्र, कमिशन चक्करमा रहेका वर्तमान मधेश सरकारको कार्य नीतिबाट मधेशमा विकासको नममा भ्रष्टाचार मौलाउँदै गएको बताए । उनले मुलुकबाट भ्रष्टाचारको अन्त्यका लागि कर्मचारीहरुको तलबमा उल्लेखनीय वृद्धि गरिनुपर्ने धारणा राख्दै भ्रष्टाचार नियन्त्रणका लागि अख्तियार अझ सक्रिय हुनुपर्नेमा जोड दिए । 

सम्बन्धित खबर