२०८१ फागुन १० गते शनिवार / Feb 22 , 2025 , Saturday
२०८१ फागुन १० गते शनिवार
Ads

नसर्ने रोगहरूविरुद्ध प्रतिकारात्मक अभियान सुरु

hardik ivf
मध्यान्ह
२०८१ फागुन १ गते १९:३९
 नसर्ने रोगहरूविरुद्ध प्रतिकारात्मक अभियान सुरु

काठमाडौं : निरोधात्मक विधिबाट रोगहरूविरुद्ध प्रतिकारात्मक अभियान बिहीबारदेखि देशै भर सुरु भएको छ ।

अभियानको स्वास्थ्य मन्त्री प्रदीप पौडेलले रक्त परीक्षण र  रक्तचाप परीक्षण गरी शुभारम्भ गरे ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नसर्ने रोग पहिचान र समयमै उपचारका लागि भन्दै बिहीबारदेखि एक महिने परीक्षण अभियान थालेको हो ।

देशमा १ करोड ४० लाख ९० हजार नागरिक ३० वर्ष माथिका छन् । यही उमेर समूहका नागरिकलाई समेट्ने लक्ष्य मन्त्रालयले राखेको छ ।

अभियानका क्रममा ३० वर्ष माथिका सबै नागरिकलाई स्थानीय स्वास्थ्य संस्थाहरूमा मधुमेह, उच्च रक्तचाप, मिर्गौला सम्बन्धी रोग तथा शरीरको उचाइ र तौलको अनुपात पहिचान गर्ने मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए । मन्त्री पौडेलले जनतालाई रोगी बन्न नदिने रणनीति तय गर्न अभियान सुरु गरिएको बताए ।

अभियानको पोखरास्थित शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र नयाँबजारमा शुभारम्भ गर्दै उनले यसरी नै बिरामी बढ्दै गएको अवस्थामा राज्यले जति लगानी गरे पनि प्रतिफल प्राप्त नहुने स्थिति रहेको बताए ।

विशेषतः मधुमेह, उच्च रक्तचाप आदिका कारण धेरै स्वास्थ्य समस्या आउने जनाउँदै उनले ती समस्याको शुरुमा नै पहिचान भएमा अन्य रोग निम्तन नसक्ने उनले बताए ।

शुरुमा नै समस्याको पहिचान भए त्यसबाट जटिलता ननिम्तने बताउँदै उनले ३० वर्ष माथिका सबै नागरिकको रोगको पहिचान आवश्यक भएको बताए । 

यस अभियानका लागि ३ वटै तहका सरकारबीच समन्वय आवश्यक हुने बताउँदै उनले फागुनभर यो अभियान सञ्चालन हुने जानकारी दिए । यो अभियान प्रत्येक वर्ष फागुन महिनामा सञ्चालन गरिने उनको भनाइ छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आँकडाले पछिल्लो समय नसर्ने प्रकृतिका मिर्गौलामा समस्या, उच्च रक्तचाप, मधुमेहलगायत रोग प्रमुख स्वास्थ्य समस्याका रूपमा देखिरहेको देखाएको छ । अस्वस्थ्य जीवनशैली, शारीरिक निष्क्रियतालगायत कारणले नसर्ने रोग बढ्दो क्रममा छ ।

ADV

सम्बन्धित खबर

Advertise