२०८१ फागुन २८ गते बुधवार / Mar 12 , 2025 , Wednesday
२०८१ फागुन २८ गते बुधवार
Ads

दक्षिण कोरियाको एक होटलमा आगलागी हुँदा ६ जनाको मृत्यु

hardik ivf
मध्यान्ह
२०८१ फागुन २ गते १२:३२
दक्षिण कोरियाको एक होटलमा आगलागी हुँदा ६ जनाको मृत्यु

काठमाडौं : दक्षिण कोरियाको बन्दरगाह शहर बुसानमा निर्माणाधीन एक आरामदायी होटलमा शुक्रबार भएको आगलागीमा परी ६ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।

स्थानीय समयअनुसार बिहान ११ बजेतिर ‘बनयान ट्रि होटल’ मा आगलागी सुरु भएको अधिकारीहरुले बताएका छन् ।

'नेशनल फायर एजेन्सी'का एक अधिकारीले एएफपीलाई बताएअनुसार आगलागी हुँदा करिब १०० जना कामदार होटलमा रहेका थिए ।

कामदारहरूले इन्सुलेसन सामग्री भण्डारण गरेको निर्माण स्थलको पहिलो तल्लाबाट आगलागी सुरु भएको हुन सक्ने अग्नि नियन्त्रण विभागका एक अधिकारीले बताए ।

दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति चोइ साङ–मोकले अधिकारीहरूलाई ‘आगो निभाउनका लागि उपलब्ध सबै कर्मचारी र उपकरणहरू पूर्ण रूपमा परिचालन गर्न’ आदेश दिएको अर्थ मन्त्रालयले जनाएको छ ।

चोइले भने, “खोजी र उद्धार कार्यका क्रममा हताहत हुनबाट जोगाउन हरसम्भव प्रयास गरिनुपर्दछ र अग्निनियन्त्रकहरूको सुरक्षा पनि सुनिश्चित गर्नुपर्दछ।”

दिउँसो १ः३० बजेतिर आगो नियन्त्रणमा आएको थियो । 

ADV

सम्बन्धित खबर

Advertise