२०८१ चैत १५ गते शुक्रवार / Mar 28 , 2025 , Friday
२०८१ चैत १५ गते शुक्रवार
Ads

भ्रामक प्रचारप्रति एड्भान्स अस्पतालको ध्यानाकर्षण

draupadi film
प्रदिप सिंह
२०८१ फागुन २ गते २१:१२
भ्रामक प्रचारप्रति एड्भान्स अस्पतालको ध्यानाकर्षण

लहान : सिरहाको लहान नगरपालिका वडा नं. ३ स्थित लहान एड्भान्स अस्पतालप्रति केही भ्रामक सूचना फैलिएको भन्दै अस्पतालले आपत्ति जनाएको छ ।

अस्पतालका अध्यक्ष डा.वीरेन्द्र यादवले अहिले सामाजिक सञ्जालमा एक वर्ष पहिलेको भिडियोको माध्यमबाट केही व्यक्तिहरूले गलत उद्देश्यसहित प्रचार गरिरहेको बताए । उनले अस्पतालप्रति अनावश्यक भ्रम सिर्जना गर्न खोज्ने तत्वहरूलाई सचेत रहन आग्रह गरे । 

अस्पताल परिवारले सामाजिक सञ्जालमा फैलिरहेको जानकारी पूर्ण रूपमा निराधार रहेको जनाउँदै हाल अस्पतालमा कुनै अप्रिय घटना नभएको स्पष्ट पारेको छ । ‘हामी निरन्तर गुणस्तरीय सेवा दिँदै आएका छौं ।

आर्थिक रूपमा कमजोर तथा पीडित बिरामीलाई विशेष प्राथमिकतासहित उपचार उपलब्ध गराइरहेका छौं,’ अस्पताल व्यवस्थापन समितिले भनेको छ । लहान एड्भान्स अस्पतालले जनताको स्वास्थ्य सेवामा उच्च प्रतिबद्धता रहेको बताउँदै सत्यतथ्य बिना कुनै पनि गलत सूचना नफैलाउन सबैलाई आग्रह गरेको छ ।

ADV

सम्बन्धित खबर

Advertise