२०८२ चैत ८ गते आइतवार / Mar 22 , 2026 , Sunday
२०८२ चैत ८ गते आइतवार
Ads

विराटनगरमा एभरेष्ट एजुकेशन एक्जिविसन सुरु

shivam cement
२०८१ फागुन ५ गते २२:००
Shares
विराटनगरमा एभरेष्ट एजुकेशन एक्जिविसन सुरु

विराटनगर : विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलमा दुई दिवसीय ‘एभरेष्ट एजुकेशन एक्जिविसन–२०८१’ सुरु भएको छ । ‘ज्ञान सीप र रचनात्मकतासँग भविष्यको आकार’ भन्ने नाराका साथ सुरु भएको उक्त एक्जिविसन अमेरिकामा अन्वेषणमा समय बिताइरहेका नेपाली वैज्ञानिक डा.बिष्णु रायमाझी, एभरेष्ट कलेजका प्रिन्सीपल टिकाराम पुरी तथा एभरेष्ट स्कुलका अध्यक्ष बिनोद ढकालले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । 

कार्यक्रममा कलेजका प्रिन्सीपल टिकाराम पुरीले खासगरेर कोशी प्रदेशमा हरेक वर्ष हरेक नयाँ विषयमा केही नयाँ आयाम दिने जमर्को गर्दै आएको बताए । 

विश्वस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्य लिएर आफूहरु अघि बढेको भन्दै त्यसको परिणाम क्रमशः आइरहेको उनले चर्चा गरे । वैज्ञानिक डा.बिष्णु रायमाझीले एभरेष्ट एजुकेशन एक्जिविसन बालबालिकाको भविष्यको आकार बनाउने माध्यम भएको बताए । 

कार्यक्रममा विद्यालयका अध्यक्ष विनोद ढकालले एभरेष्टका बालबालिकाले आफ्नो सिकाइलाई व्यवहारत लागु गर्न सकँुन् भनेर हरेक वर्ष यस्ता कार्यक्रम गर्दै आएको बताए ।

दुई दिनसम्म चल्ने एक्जिविसनमा २५ सय विद्यार्थीले आफूहरुले सिकेका पाठ्यक्रम अनुसारका परियोजनाहरुको प्रदर्शन गरेका छन् । 

जस अन्तर्गत पहिलो दिन सोमबार यू.के.जी.देखि कक्षा ५ सम्मका विद्यार्थीहरुको परियोजना प्रदर्शनी गरेका छन् भने मंगलबार कक्षा ६ देखि १२ सम्मका विद्यार्थीहरुको परियोजना प्रदर्शन गर्नेछन् ।

सम्बन्धित खबर