२०८१ फागुन ११ गते आइतवार / Feb 23 , 2025 , Sunday
२०८१ फागुन ११ गते आइतवार
Ads

मलेसियामा ३ लाख ७० हजार वैधानिक नेपाली कामदार

hardik ivf
मध्यान्ह
२०८१ फागुन ६ गते ०६:१५
मलेसियामा ३ लाख ७० हजार वैधानिक नेपाली कामदार

क्वालालम्पुर : मलेसियामा हाल वैधानिक रूपमा ३ लाख ७० हजारभन्दा केही बढी नेपालीले काम गरिरहेका देखिएको छ । मलेसियाको पेरिकतान नेसनलका सांसद जमालुद्दिन याह्याले राखेको प्रश्नको जबाफ दिने क्रममा मलेसियाका मानव संशाधनमन्त्री स्टिभन सिमले मलेसियामा नेपाली कामदारको संख्या तेस्रो ठूलो रहेको बताए ।

मलेसियाका मानव संसाधनमन्त्री स्टिभन सिमले बंगलादेशका ८ लाख ९८ हजार ९७०, इन्डोनेसियाका ५ लाख ८२ हजार १०८ र नेपालका ३ लाख ७० हजार १२७ कामदार कार्यरत रहेका बताए । उनले गत ३१ डिसेम्बरसम्म कुल कामदारको संख्या १ करोड ६७ लाख ७९ हजार ५०० र विदेशी कामदारको संख्या २३ लाख ३८ हजार ४२२ रहेको बताए ।

प्रतिशतका हिसाबले विदेशी कामदारको संख्या कुल कामदारको १४ प्रतिशत छ ।

मलेसियाको राष्ट्रिय योजना आयोगले कुल कामदारको बढीमा १५ प्रतिशतसम्म विदेशी कामदारको राख्नुपर्ने नीति बनाएको छ । त्यस हिसाबले मलेसियामा नयाँ विदेशी कामदारका लागि थोरै मात्र अवसर छ । मलेसियाले नयाँ कामदारको एप्रुभल खुल्ला गरेमा १ लाख ७८ हजार ५०० जना मात्र भर्ना हुन पाउने छन् । थप केही कामदार बिदामा जाँदा मात्र ठूलो संख्यामा नयाँ कामदारले अवसर पाउने छन् । 

मलेसियामा नयाँ एप्रुभल खुल्ला हुने विषय नेपालमा पनि तीव्रताका साथ प्रतीक्षा गरिएको छ । गत मेदेखि सुरक्षाकर्मीसहित सबै कामदारको नयाँ भर्ना रोकिँदा मलेसियामा कामदार पठाउने धेरै कामदारले इजाजत नवीकरणका लागि आवश्यक वार्षिक सय जना कामदार पठाउन नसक्ने अवस्था छ ।

मन्त्री सिमले मलेसियामा विदेशी कामदारहरूको उपस्थिति सरकारले तोकेको सीमाभन्दा तल र नियन्त्रणमा रहेको बताए । अर्का सांसद विलियम लियोङले मन्त्री सिमलाई विदेशी कामदारको श्रम शोषण भएको र त्यसको उपचार पर्याप्त नभएकामा सरकारको ध्यानाकर्षण गराएका थिए ।

ADV

सम्बन्धित खबर

Advertise