काठमाडौं : आकर्षक तलवमा वैदेशिक रोजगारका लागि कुवेत लैजाने भन्दै चार जना महिलालाई भारत लगेको आरोपमा प्रहरीले सिन्धुपाल्चोक चौताराका याङलाल लामा भन्ने ह्यांग लाल तामाङलाई पक्राउ गरेको छ ।
कुवेतमा राम्रो तलब हुने घरायसी काममा लगाइदिने भन्दै तामाङले उदयपुर, झापा, सिन्धुपाल्चोक र काठमाडौंका ४ जना महिलाहरुलाई विभिन्न समयमा भारतको नयाँ दिल्ली लगेर त्यहाँको उत्तमपुर भन्ने ठाउँमा बन्धक बनाई राखेको अवस्थामा भारतस्थित नेपाली दूतावासको सहयोगमा उद्धार गरेर काठमाडौं ल्याइएको प्रहरीको भनाइ छ । तामाङविरुद्ध मानव बेचबिखन तथा ओसारपसार ऐन विरुद्धको अपराधमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies