काठमाडौं : कारोना भाइरस (कोभिड–१९) संक्रमणका कारण विभिन्न मुलुकमा अलपत्र परेकामध्ये हालसम्म ५८ देशबाट ४६ हजार बढी नेपाली स्वदेश फर्किएका छन् । कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी)का अनुसार भारतसहित ५८ देशबाट स्वदेशी र विदेशी विमानहरूको चार्टर उडानमार्फत शनिबारसम्म ४६ हजार ३ सय १२ नेपाली स्वदेश फर्किएका छन् ।
सरकारले गत जेठ १२ गते ‘नेपाली नागरिकलाई स्वदेश ल्याउन सहजीकरण गर्नेसम्बन्धी आदेश’ जारी गरेपछि जेठ ३२ गतेबाट विदेशमा अलपत्र नेपाली नागरिकलाई स्वदेश ल्याउन शुरु गरेको हो ।
स्वदेश फर्किएकाहरुमध्ये कुवेत, युएई लगायत केही देशले आफनै खर्चमा नेपालीहरुलाई स्वदेश ल्याइदिएका छन् । साथै केहीलाई रोजगारदाताले टिकट उपलब्ध गराएरका छन् भने बाँकी सबै आफ्नै खर्चमा महँगो हवाई भाडा तिरेर स्वदेश फर्किएका हुन् ।
सीसीएमसीका अनुसार सबैभन्दा बढी युएईबाट १२ हजार ५ सय १ जना, साउदी अरबबाट ६ हजार ९ सय ९७ जना, मलेसियाबाट ६ हजार ७ सय ९४ जना, कुबेतबाट ६ हजार ३ सय २० जना, कतारबाट ४ हजार ७ सय १८ जना, अष्ट्रेलियाबाट एक हजार ८७ जना, अफगानिस्तानबाट ३३, ओमानबाट चार सय ९२, जापानबाट एक हजार २३ जना स्वदेश फर्किएका छन् ।
त्यस्तै माल्दिभ्सबाट ७ सय ९ जना, म्यानमारबाट २६ जना, थाइल्याण्डबाट तीन सय २६ जना, दक्षिण कोरियाबाट सात सय २० जना, बंगलादेशबाट आठ सय ४१ जना, सिंगापुरबाट दुई सय ६४ जना, हङकङबाट ८९ जना, पाकिस्तानबाट ७२ जना, बहराइनबाट नौ सय ८० जना, अमेरिकाबाट चार सय २३ जना, बेलायतबाट दुई सय २९ जना, इजरायलबाट एक सय २७ जना, चीनबाट दुई सय आठ जना, टर्कीबाट एक सय १० जना स्वदेश फर्किएका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies