काठमाडौं : मलेसियामा नेपालीे सुरक्षागार्ड ईस्लाम हुसेनलाई कुटपिट र दुर्व्यवहार गर्ने राम गोपाल मुराउलाई चार महिना जेल सजाय भएको छ । मलेसियाको तल्लो अदालतका न्यायाधीश वाङ चाई सियाले मंगलबार उक्त सजाय सुनाएका हुन् ।
मुराउले हुसेनलाई कुटपिट गरेपछि मलेसियामा उक्त घटनाको व्यापक चर्चा भएको थियो । सामाजिक सञ्जालमा सार्वजनिक भएको ४४ सेकेण्ड लामो भिडियोमा मुराउले ईस्लाममाथि निर्ममतापूर्वक कुटपिट गरेको देखिएको छ । घटनापछि मलेसियामा नेपाली सुरक्षागार्डहरुको सम्मान बहसको विषयसमेत उठेको छ ।
अदालतले मुराउलाई भएको चार महिना जेल सजाय गत अगस्ट ३ तारिखदेखि नै लागू भएको बताएको छ । गत जुलाई ७ तारिखको दिन मुराउले हुसेनलाई त्यहाँस्थित तमान मेलाती सापिङ कम्ल्पेक्समा कुटपिट गरेको सार्वजनिक भएको थियो । मलेसियन प्रहरीले मुराउविरुद्ध दश वर्षसम्म जेल र जरिवानाको माग गरेको थियो । तर अदालतले चार महिनामात्र कैदको सजाय सुनाएको छ ।
ईस्लाममाथि कुटपिट भएपछि नेपाली दूतावासले नै कानुनी कारवाहीको माग गर्दै मलेसियाको प्रहरीमा उजुरी दर्ता गराएको थियो । पीडित र पीडक दुवैले नेपाली दूतावासको सम्पर्कमा आएपछि मलेसियन प्रहरीसमक्ष आत्र्सपण गरेका थिए ।
कुटपिट र दुर्व्यवहारको पीडित भनिएका ईस्लाममाथि भने एक महिलालाई दुर्व्यवहार गरेको उजुरी परेको छ । ईस्लामको तर्फबाट कानूनी प्रतिरक्षा गरिहेकी स्थानीय वकिल सुमिथाले ईस्लामविरुद्धको अभियोग तय भइनसेको स्थानीय सञ्चार माध्यमहरुलाई बताएकी छन् । मुराउ र ईस्लाम मलेसियामा अवैध रुपमा काम गरिरहको पाइएको पनि स्थानीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies