२०८१ फागुन १० गते शनिवार / Feb 22 , 2025 , Saturday
२०८१ फागुन १० गते शनिवार
Ads

म्यानमारबाट उद्धार गरिएका पाँच नेपालीलाई स्वदेश फर्काइयो

hardik ivf
मध्यान्ह
२०८१ फागुन ९ गते १८:१५
म्यानमारबाट उद्धार गरिएका पाँच नेपालीलाई स्वदेश फर्काइयो

काठमाडौंः अनलाइन स्क्यामिङ कार्यमा लगाइएका पाँच नेपाली नागरिकलाई म्यानमारको मेवाडीबाट उद्धार गरी आज स्वेदश फर्काइएको छ ।

बैंककस्थित नेपाली राजदूतावासले थाइल्याण्ड सरकारको सहयोगमा म्यानमारको मेवाडीबाट उद्धार गरी ‘टाक इमिग्रेसन अफिस मेसोट’ हुँदै थाइल्याण्ड ल्याई चार पुरूष र एक महिलालाई नेपाल फर्काइएको जनाएको हाे ।

नेपाल सरकारले तोकेका मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभन परी छिटो, धेरै पैसा कमाउने हेतु कम्बोडिया लाओस, म्यानमार र थाइल्याणलगायत वैदेशिक रोजगारीमा नआउनका लागि राजदूतावासले सम्बन्धित सबैमा पुनः अनुरोध गरेको छ ।

ADV

सम्बन्धित खबर

Advertise