२०८२ चैत १२ गते बिहिवार / Mar 26 , 2026 , Thursday
२०८२ चैत १२ गते बिहिवार
Ads

प्रमुख प्रशासकीय अधिकृत पठाउन नगरप्रमुख आलमको माग

himalayanlife
सत्येन्द्र प्रताप सिंह
२०८१ फागुन १५ गते २१:०१
Shares
प्रमुख प्रशासकीय अधिकृत पठाउन नगरप्रमुख आलमको माग

रौतहट : रौतहटको पश्चिम भेगमा पर्ने राजपुर नगरपालिकाका नगरप्रमुख डाक्टर राजिक आलमले पालिकामा दरबन्दी अनुसारको प्रमुख प्रशासकीय अधिकृत पठाइ दिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग अनुरोध गरेका छन् । 

सामान्य प्रशासन मन्त्रालयले फागुन ५ गते निमित्त प्रमुख प्रशासकीय अधिकृत खुर्सैद आलमको जिम्मेवारी रद्द गरेकै दिन दरबन्दी अनुसार उपसचिवलाई प्रमुख प्रशासकीय अधिकृत खटाउनुपर्नेमा सो नगरेकोप्रति  नगर प्रमुख आलम दुःख व्यक्त गरेका छन् । 

आफ्नो छिमेकी पालिका परोहा नगरपालिकामा कहिल्यै निमित्त प्रमुख प्रशासकीय अधिकृत नखटाइने तर आफ्नो पालिकामा सधैं निमित्त प्रमुख प्रशासकीय अधिकृत खटाएर सम्बन्धित मन्त्रालयले नै सौतेला व्यवहार गर्ने गरेको नगर प्रमुख आलमले आरोप लगाए । 

स्थानीय सरकार संचालन ऐनले व्यवस्था गरे अनुसार उपसचिव खटाइ पालिकाको काम कारबाही नियमित रुपमा संचालन गराउने अभिभारा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको रहेकोले सो जिम्मेवारी बोध गर्न सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराएका हुन् । 

काठमाडौ महानगरमा खटाइने प्रमुख प्रशासकीय अधिकृतको लागि पालिकाको सहमति नचाहिने तर राजपुर नगरपालिकामा खटाइने प्रमुख प्रशासकीय अधिकृतको लागि पालिकाको सहमति माग्नु भनेको मन्त्रालयको नियत स्पष्ट नभएको उनले बताए ।

सम्बन्धित खबर