२०८१ फागुन १७ गते शनिवार / Mar 01 , 2025 , Saturday
२०८१ फागुन १७ गते शनिवार
Ads

सडक कालोपत्रेको काम अलपत्र

hardik ivf
सत्येन्द्र प्रताप सिंह
२०८१ फागुन १६ गते २२:१४
सडक कालोपत्रेको काम अलपत्र

रौतहट : रौतहट राजपुर नगरपालिकामा सडक कालोपत्रेको काम अलपत्र परेको छ । हुसैन आयल्स निगमदेखि पानी ट्यांकी बजारसम्मको सडक कालोपत्रेको काम अलपत्र परेको हो । 

सडकको शिलान्यास पूर्वमन्त्री मोहम्मद अफताब आलमले गरेका थिए ।  संसदीय कोषबाट ९ करोडभन्दा बढीको बजेटमा बन्दा बन्दै रनिङ्ग विलमार्फत ८ करोड रकम निकासा भएको र एक करोड भन्दा बढी रकम बाँकी रहँदा ठेकेदारले काम त्यतिकै छोडेका छन् । बनेको कालोपत्रे सडक पनि गुणस्तरहीन भएको स्थानीयले बताएका छन् ।

सडक कालोपत्रे नहुँदा आवातजावतमा समस्या भएको स्थानीयको भनाइ छ । सडक कालोपत्रेका लागि छिट्टै सम्बन्धित निकायले ध्यान जानुपर्ने स्थानीयको माग छ । 

ADV

सम्बन्धित खबर

Advertise