२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

सडक कालोपत्रेको काम अलपत्र

Nada
सत्येन्द्र प्रताप सिंह
२०८१ फागुन १६ गते २२:१४
Shares
सडक कालोपत्रेको काम अलपत्र

रौतहट : रौतहट राजपुर नगरपालिकामा सडक कालोपत्रेको काम अलपत्र परेको छ । हुसैन आयल्स निगमदेखि पानी ट्यांकी बजारसम्मको सडक कालोपत्रेको काम अलपत्र परेको हो । 

ncell

सडकको शिलान्यास पूर्वमन्त्री मोहम्मद अफताब आलमले गरेका थिए ।  संसदीय कोषबाट ९ करोडभन्दा बढीको बजेटमा बन्दा बन्दै रनिङ्ग विलमार्फत ८ करोड रकम निकासा भएको र एक करोड भन्दा बढी रकम बाँकी रहँदा ठेकेदारले काम त्यतिकै छोडेका छन् । बनेको कालोपत्रे सडक पनि गुणस्तरहीन भएको स्थानीयले बताएका छन् ।

सडक कालोपत्रे नहुँदा आवातजावतमा समस्या भएको स्थानीयको भनाइ छ । सडक कालोपत्रेका लागि छिट्टै सम्बन्धित निकायले ध्यान जानुपर्ने स्थानीयको माग छ । 

ताजा खबर

सम्बन्धित खबर