२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

नारायणी अस्पतालमा दरबन्दी बेगर कार्यरत ४७ जनालाई जागिरबाट हटाइयो

ADV
आबिद हुसेन
२०८१ जेठ २१ गते २०:४५
नारायणी अस्पतालमा दरबन्दी बेगर कार्यरत ४७ जनालाई जागिरबाट हटाइयो

वीरगञ्ज : वीरगञ्जको नारायणी अस्पतालले दरबन्दी बेगर कार्यरत चिकित्सक, स्टाफ नर्ससहित एकैपटक ४७ जना स्वास्थ्यकर्मी र कर्मचारीलाई हटाएको छ । 

सोमबार अस्पतालका निमित्त मेसु डाक्टर एनामुल हकको अध्यक्षतामा बसेको बसेको बैठकले अस्पतालमा लामो समयदेखि दरबन्दी बेगर दैनिक ज्यालादारीमा कार्यरत ४७ जना स्वाथ्यकर्मी र कर्मचारीलााई हटाउने निर्णय गरेको अस्पतालका सूचना अधिकारी सुनिल रौनियारले जानकारी दिए । उनका अनुसार, अस्पतालबाट हटाइएकामा आठौं तहका मेडिकल अधिकृत चिकित्सक ११ जना,सातौं तहका मेडिकल अधिकृत १ जना, स्टाफ नर्स १२ जना, हेल्थ असिस्टेन्ट ३ जना, रेडियोग्राफर ५ जना, अहेब चार जना, कार्यालय सहयोगी ७ जना लगायतका रहेका छन् । 

अस्पताल प्रशासनले सोमबार जारी गरेको सूचनामा अस्पतालमा दरबन्दी बेगर नियुक्त भई दैनिक ज्यालादारीमा कामकाज गरिरहेका ४७ जना स्वासथ्यकर्मी र कर्मचारीको जेठ २२ गतेदेखि सेवा अवधि समाप्त भएको निर्णय गरिएको उल्लेख छ । 

अस्पतालका निमित्त मेसु डाक्टर हकले दरबन्दी बेगर दैनिक ज्यालादारीमा कार्यरतहरुका कारण अस्पताललाई आर्थिक भार थपिएकाले उनिहरुलाई सेवाबाट हटाइएको बताए । उनले भने,‘एक त दरबन्दी बेगर उनीहरु कार्यरत थिए । अर्को कुरा यति धेरै कर्मचारी अस्पताललाई आवश्यक पनि थिएन । उनीहरुलाई ६/७ महिनादेखि तलब भक्तापनि अस्पतालले खुवाउन सकिरहेको थिएन । यी सबै कारणले उनीहरुलाई सेवाबाट हटाउनु परेको हो ।’ 

अस्पताल स्रोतका अनुसार यसअघिका निमित्त मेसु डाक्टर चित्त रञ्जन साहको कार्यकालमा दरबन्दी बेगर दैनिक ज्यालादारीमा करिब १ सय ५० भन्दा बढी स्वास्थ्यकर्मी र कर्मचारी अस्पतालमा नियुक्त गरिएको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise