२०८२ असोज ३१ गते शुक्रवार / Oct 17 , 2025 , Friday
२०८२ असोज ३१ गते शुक्रवार
Ads

पुनः सभापतिको उम्मेदवार बन्ने सिंहको चाहना

shivam cement
पूर्ण सार्की
२०८१ फागुन १८ गते १२:२२
पुनः सभापतिको उम्मेदवार बन्ने सिंहको चाहना

सुर्खेत : उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थिरता दिनका लागि वर्तमान सरकार अघि बढिरहेको बताएका छन् । आइतबार नेपाल प्रेस युनियन सुर्खेत शाखाले सुर्खेत विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री सिंहले जनताको चाहनाअनुसार संविधान संशोधन गर्दै दिगो र स्थायी सरकार निर्माण गर्नका लागि नेपाली कांग्रेस र नेकपा एमाले एक ठाउँमा आएको बताए ।

'दिगो सरकार चाहियो भन्ने जनचाहना अनुसार प्रमुख दुई दल मिलेर सरकार बनेको हो,' उनले भने । अघिल्लो सरकारले ल्याएको बजेट कार्यान्वयन गरिरहेकाले सोचे अनुसार काम हुन नसकेको पनि उनले स्वीकार गरे ।

नेपाली कांग्रेसका नेता समेत रहेका उपप्रधानमन्त्री सिंहले विधान र संविधानको परिधिभित्र रहेर पार्टी अधिवेशन हुने पनि स्पष्ट पारे । आफू अघिल्लो पटक पनि पार्टी सभापति उठिसकेकाले त्यो भन्दा तल आफ्ना लागि ठाउँ नभएको जिकिर उनको थियो । आउँदो अधिवेशनमा पुनः सभापतिको उम्मेदवार बन्ने चाहना समेत रहेको उनले बताए । उनले सरकारले ल्याएको अध्यादेश संसदबाट छिट्टै पारित हुने पनि जानकारी दिए ।

पत्रकार सम्मेलनमा सञ्चारकर्मीले सोधेको प्रश्न जवाफ दिँदै नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवन बहादुर शाहीले परी आएको खण्डमा सय प्रतिशत मात्रै नभइ हजार प्रतिशत नै सिंह सभापतिको उम्मेदवार हुने र त्यही अनुसार पार्टीभित्र लबिङ भइरहेको उल्लेख गरे ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise