२०८१ चैत १८ गते सोमवार / Mar 31 , 2025 , Monday
२०८१ चैत १८ गते सोमवार
Ads

रौतहटमा हस्पिटल अनुुगमन तीव्र : संचालकहरु भागाभाग

draupadi film
सत्येन्द्र प्रताप सिंह
२०८१ फागुन १९ गते २१:१५
रौतहटमा हस्पिटल अनुुगमन तीव्र : संचालकहरु भागाभाग

रौतहट : मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले हस्पिटल अनुगमनलाई तीव्रता दिएका छन् । शनिबार राजमार्ग चन्द्रपुरमा रहेको हस्पिटलहरुमा मुख्यमन्त्री सिंहले अनुगमन गरेपछि त्यसको असर ग्रामीण क्षेत्रका अवैध हस्पिटल तथा  क्लिनिक संचालकहरुमा पर्न थालेको छ ।  

सिंहले अनुगमन तीव्र बनाएपछि संचालकहरु अहिले फरार हुन थालेका छन् । संचालकहरुले बिहान बेलुका हस्पिटल चलाउन थालेका छन् । दिउँसो हस्पिटल बन्द गरेर फरार रहने उनीहरु साँझपख निर्वाद रुपमा संचालन गर्ने गरेका छन् । शनिबार अनुगमका क्रममा सिंहले चन्द्रपुरका १० अवैध अस्पताल बन्द गर्न निर्देशन दिएका थिए । 

अहिले कतिपय अस्पतालहरुले दर्ता गर्न कागजात तयार पार्न थालेका छन् । रौतहटमा पछिल्लो समय सम्बन्धित निकायको अनुमति नै नलिइ अस्पताल तथा पोलिक्लिनिकहरू धमाधम संचालन भइरहेको समाचार बाहिरिएको थियो । च्याउ जस्तै उम्रिएका यस्ता अवैध अस्पतालहरुको अनुगमन हुनुपर्दछ भने स्थानीयहरुले माग गर्दै आएका छन् । सिंहको अस्पताल सुधार अभियानको अहिले धेरैले खुलेरै प्रशंसा गरिरहेका छन् । यसलाई निरन्तरता दिन पनि सुुझाव दिएका छन् । 

नियमनकारी निकायको मौनताका कारण जिल्लाको गरुडा, कटहरिया, परसवा, कनकपुर, बिजयपुर, शिवनगर, मौलापुर लगायतका ठाउँमा दर्जनौको संख्यामा अनुमति नै नलिइ गैरकानुनी तरिकाले अस्पताल तथा क्लिनिकहरू संचालनमा छन् ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise