२०८१ फागुन २१ गते बुधवार / Mar 05 , 2025 , Wednesday
२०८१ फागुन २१ गते बुधवार
Ads

रिंकु सदाको न्यायका लागि गौरमा प्रदर्शन

hardik ivf
सत्येन्द्र प्रताप सिंह
२०८१ फागुन २० गते २२:५३
रिंकु सदाको न्यायका लागि गौरमा प्रदर्शन

रौतहट : सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीय किशोरी रिंकु सदाको न्यायका लागि रौतहटको सदरमुकाम गौरमा दबाब प्रदर्शन गरिएको छ ।

अपहरण र सामूहिक बलात्कारमा परेको घटना मिलाउन गाउँमै भएको पञ्चायतीपछि रिंकु आफ्नै घरमा गत माघ ३० गते साँझ शंकास्पद झुन्डिएको अवस्थामा फेला परेकी थिइन् ।

रिंकुको न्याय र दोषीमाथि कारबाहीको माग गर्दै दलित संघर्ष समिति रौतहटद्वारा सदरमुकाम गौरमा प्रदर्शन गरेको हो ।घटना

को बारेमा जानकारी पाउनु लगत्तै सिरहा लगायत देशैभरीका दलित अधिकारकर्मीहरुले रिंकुको सम्झनामा मैनवत्ती पनि बाल्नुको साथै घटनामा संलग्न र पञ्चायती गर्नेहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने माग राख्दै पटक–पटक दबाब मुलक प्रदर्शन गर्दै आइरहेको छ । 

राज्यको गैरजिम्मेवार रबैयाका कारण मधेशमा दलितहरु माथि अन्याय,अत्याचार,जातीय भेदभाव तथा बलात्कार जस्ता जघन्य अपराधहरु बढ्दै गइरहेको र उक्त घटनाहरुलाई गाउँमै मिलाउन पञ्चायती गर्ने प्रवृत्ति अझै अन्त्य हुन नसकेको दलित संघर्ष समिति रौतहटका अध्यक्ष सोनेलाल राम बताउँछन् । 

देशमा ऐन र कानुन हुँदा पनि राज्य र राज्यका संयन्त्र त्यसको कार्यान्वयन मा कहिल्यै पनि गम्भीर नभएको कारण नै यस्ता जघन्य अपराधहरुलाई पञ्चायतीको माध्यमले सुल्झाउने कुप्रथा अझै जीवित रहेको उनले बताए ।

उक्त प्रदर्शन गौरको  घण्टाघरदेखि सुरु भइ जिल्ला प्रहरी कार्यालय तथा जिल्ला प्रशासन कार्यालय हुँदै गौर बैरगनिया भन्सारसम्म पुगेर पुनः बीपी चोकमा आइ कोणसभामा परिवर्तन भएको थियो । 

प्रदर्शनको अध्यक्षता दलित संघर्ष समिति रौतहटका अध्यक्ष सोनेलाल रामले गरेका थिए भने प्रमुख अति(थिमा दलित विकास समिति मधेश प्रदेश सदस्य राजकुमार दास तत्मा, विशिष्ट अथितिमा दलित अगुवा मटुक पासवान,दलित अधिकारकर्मी पुनित राम, मुसहर संघका जिल्ला अध्यक्ष बिनोद माझि रहेका थिए । 

सदा गत माघ २७ गते राति शौच गर्न घरबाहिर निस्किँदा स्थानीय तीन युवकबाट सामूहिक बलात्कारमा परेकी थिइन् । 

ADV

सम्बन्धित खबर

Advertise