२०८२ वैशाख ८ गते सोमवार / Apr 21 , 2025 , Monday
२०८२ वैशाख ८ गते सोमवार
Ads

राष्ट्रिय निकुञ्जसँग सम्बन्धित नीतिगत समस्याबारे छलफल

draupadi film
मध्यान्ह
२०८१ फागुन २१ गते १५:१७
राष्ट्रिय निकुञ्जसँग सम्बन्धित नीतिगत समस्याबारे छलफल

काठमाडौं : राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा राष्ट्रिय निकुञ्जहरुसँग सम्बन्धित नीतिगत समस्याहरुको समाधानको सम्बन्धमा सरोकारवालाहरुसँग छलफल भएको छ । 

बुधबार समितिको सभाकक्षमा भएको बैठकमा अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रका महानिर्देशक, विश्व वन्यजन्तु कोष नेपालका निर्देशक, सामुदायिक वन उपभोक्ता महासंघ, नेपालका अध्यक्ष, पूर्व अध्यक्ष भारती कुमारी पाठक र राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य, सचिवलाई आमन्त्रनागरी छलफल गरेर बैठक सम्पन्न भएको हो । 

सोही क्रममा विश्व वन्यजन्तु कोष नेपालका निर्देशक डा. घनश्याम गुरुङले क्षतिपूर्ति, राहात र निर्देशिकाको कुरामा जनतासँग नजिक हुने सरकार स्थानीय सरकार भएको भन्दै यसले बढी सरलीकरण गर्नुपर्ने बताए । 

उनले भने, ‘यो क्षतिपूर्ति, राहत र निर्देशिकाको कुरामा बढि सरलीकरणको कुरा र स्थानीय सरकारसँग नजिक भएर गर्नुपर्ने कुरा हुन्छ । किनभने स्थानीय सरकार भनेको जनतासँग नजिक हुने सरकार भएको हुनाले सरलीकरण गर्ने काम स्थानीयले छिटो गर्न सक्छ जस्तो लाग्छ । सबै क्षतिको राहतको कुरामा सरकारले यसलाई न्यूनीकरण गर्दै जानुपर्छ । राहतमा नै १२, १५ करोड दिनुपर्ने अवस्था भयो भने पछि गाह्रो हुन्छ ।’ 

यसका साथै, राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य, सचिव नरेश सुवेदीले वन क्षेत्रलाई आर्थिक गतिविधिसँग जोड्ने कानुनहरु ल्याउन आवश्यक भएको बताएका छन् ।  

वन क्षेत्रको विकासलाई समृद्धिसँग जोड्नका लागि आर्थिक गतिविधिहरु अब कानुनमा फुकाउनुपर्ने भन्दै यसको लागि मापदण्ड बनाएर अगाडि बढ्नुपर्ने उनको भनाइ छ । 

उनले भने, ‘हाम्रो वन मन्त्रालयलाई सरकारले १५ अर्ब बजेट दिन्छ । राज्यलाई कति अर्ब तिर्छ भन्दा ३ अर्ब, सधैं १२ अर्बले वन क्षेत्रलाई कसरी पाल्नेसँग राज्यले भन्ने एकदमै आवश्यक प्रश्न छ । वन क्षेत्रको विकासलाई समृद्धिसँग जोड्नको लागि आर्थिक गतिविधिहरु अब कानुनमा फुकाउनुपर्छ । तर यसका लागि मापदण्ड बनाएर जानुपर्छ । २०२९ देखि राज्यले लगानी गरिरहेको छ, लोन ल्याएर संरक्षण हुन्छ । त्यो हुँदैन त्यही भएर वन क्षेत्रलाई आर्थिक गतिविधिसँग जोड्ने कानुनहरु ल्याउनुपर्छ ।’ 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise