२०८२ साउन २२ गते बिहिवार / Aug 07 , 2025 , Thursday
२०८२ साउन २२ गते बिहिवार
Ads

पाँच वर्षभित्र प्रत्येक नागरिकलाई विपद् पूर्वसूचना प्रदान गरिने

shivam cement
मध्यान्ह
२०८२ साउन २२ गते १७:३९
पाँच वर्षभित्र प्रत्येक नागरिकलाई विपद् पूर्वसूचना प्रदान गरिने

काठमाडौंः गृहमन्त्री रमेश लेखकले अबको पाँच वर्षभित्र हरेक नागरिकले विपद् पूर्वसूचना प्राप्त गर्ने बताएका छन् ।

विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीवार आयोजना गरेको सबैका लागि पूर्वसूचना राष्ट्रिय कार्याशालालाई सम्बोधन गर्दै उनले पाँच वर्षभित्रमा मुलुकका सबै नागरिकले जोखिम पूर्व सूचना प्राप्त गर्ने बताएका हुन् । नेपालमा पनि एक तिहाई जनसंख्यामा प्रकृतिजन्य र जलवायुजन्य जोखिमको पूर्वसूचना पुग्न नसकेको उल्लेख गर्दै उनले आगामी ५ वर्षभित्र सबैमा पूर्वसूचना पुराउने प्रतिवद्धता जनाए । 

उनले भने, ‘जोखिमबाट बच्ने भनेको उपाय मध्येको मितव्ययी र प्रभावकारी उपाय भनेको पूर्वसूचना नै हो । सूचना भयो भने जोखिमबाट बाँच्न सकिन्छ । यदि सूचना भएन भने जोखिमबाट बाच्न सकिँदैन । जोखिम भइसकेपछि, ज्यान गइसकेपछि, सम्पतिको नोक्शानी भइसकेपछि अनि खोज उद्धार, पुनःनिर्माण पुनःस्थापना र प्रतिकार्यमा लाग्नुपर्छ । त्यसकारण नागरिकको ज्यान जोगाउनका लािग विपद् पूर्वसूचना आवश्यक छ । २०३० सम्ममा नेपालका प्रत्येक नागरिकले जोखिमको पूर्व सूचना प्राप्त गर्ने स्थितिको सुनिश्चितता गरिन्छ । हामी अहिले त्यसको मार्गचित्र बनाउँदैछौँ । थोरै पछाडी परेका छौँ । अबको पाँच वर्षभित्रमा नेपालको प्रत्येक नागरिकले पूर्व सूचना पाउने  सुनिश्चितता गर्छ ।’


 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise