२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

पशुपति क्षेत्र विकास कोषको जग्गाबारे संसदीय समितिको चासो

Nada
२०८२ साउन २२ गते १५:००
Shares
पशुपति क्षेत्र विकास कोषको जग्गाबारे संसदीय समितिको चासो

काठमाडौं : पशुपति क्षेत्र विकास कोषको जग्गाबारे संसदीय समितिले चासो दिएको छ । बिहीबार प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले पशुपति क्षेत्र विकास कोष र पशुपति मन्दिर क्षेत्रको स्थलगत अवलोकन गरेको हो ।

ncell

सो क्रममा संसदीय समितिले कोषको अभिलेखहरु पनि निरीक्षण गरेको छ । साथै कोषको हालसम्मको जग्गामा भएको भोगचलन, बिक्री वितरणबारे समितिले कोषसँग जानकारी लिएको छ । कोषको जग्गा व्यक्तिगत प्रयोजनका लागि दिइएको, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले पनि जग्गा हडप्नुका लागि व्यक्तिहरुले पनि जग्गा हडपेर बसेको गुनासोहरु दिनप्रतिदिन बढ्दै गएपछि संसदीय समितिले स्थलगत अवलोकन गरेर नै यसबारे चासो देखाएको हो ।

सो क्रममा समिति सभापति राजकिशोर यादवले अहिलेसम्मका सदस्यसचिवहरुले के प्रयोजनका लागि कति जग्गा उपलब्ध गराए ? भन्नेबारेमा समितिलाई प्रमाण उपलब्ध गराउन निर्देशन दिए ।

कोषको वस्तुस्थितिबारे जानकारी लिने क्रममा समितिले कोषलाई सदस्यसचिवले कुनकुन जग्गाको लागि चिठ्ठी लेखेको हो त्यसको प्रमाण उपलब्ध गराउन निर्देशन दिएको छ । उनले जग्गा प्रयोजनका लागि दिँदा टेण्डर प्रक्रिया कस्तो थियो ? भन्नेबारेमा पनि जानकारी गराउन निर्देशन दिए ।

पशुपति क्षेत्र विकास कोषको गुरुयोजनाबारे विस्तृत जानकारी गराउन पनि उनले निर्देशन दिए । पशुपति विकास स्तरोन्नतिका लागि कति जग्गा आर्जित गर्न खोजेको हो ? कति जग्गा आर्जित भयो ? र के कठिनाइ छ ? त्यसबारे पनि जानकारी गराउन उनले निर्देशन दिए ।

पशुपति क्षेत्र विकास कोषमा भएको अनियमितताबारे उपसमिति नै बनाएर अध्ययन गर्ने पनि समितिको निर्णय छ । अनियमितता गर्नेहरुलाई कानुनी दायरामा लयाउने सभापति यादवले बताए ।

सम्बन्धित खबर