२०८१ फागुन २२ गते बिहिवार / Mar 06 , 2025 , Thursday
२०८१ फागुन २२ गते बिहिवार
Ads

किशोरलाई पनि एचपिभी खोप दिने तयारी

hardik ivf
मध्यान्ह
२०८१ फागुन २२ गते १६:०८
किशोरलाई पनि एचपिभी खोप दिने तयारी

काठमाडौं :  पाठेघरको मुखको क्यान्सरबिरुद्ध प्रयोग हुने (एचपिभी) खोप १४ लाख ४६ हजार ६ सय १ जना किशोरीले लगाएका छन् ।  

सरकारले २२ माघमा  एचपिभी खोप अभियान सुरु गरेको थियो । अभियानअन्तर्गत १४ लाख ४६ हजार ६ सय १ जना किशोरीले खोप लगाएको स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले जानकारी दिए ।

नेपालको राष्ट्रिय खोप कार्यक्रममा समावेश भएको यो खोप सुरक्षित एवं प्रभावकारी रहेको उनले बताए । लक्षित समूहका किशोरीहरूलाई निःशुल्क उपलब्ध गराइएको बताउँदै मन्त्री पौडेलले आगामी वर्ष १० वर्षदेखि उमेरसमूहका कक्षा ६ मा पढ्नेहरूलाई हरेक वर्ष लगाइने बताए । यनका अनुसार कुल लक्ष्य १५ लाख ६० हजार ८ रहेकोमा ९३ प्रतिशतले खोप लगाएका छन् ।

उनले भने, ‘नेपालको राष्ट्रिय खोप कार्यक्रममा समावेश भएको यो खोप सुरक्षित एवं प्रभावकारी छ । लक्षित समूहका किशोरीहरूलाई निःशुल्क उपलब्ध गराइएको छ । आगामी वर्ष १० वर्ष उमेरसमूहका कक्षा ६ मा पढ्नेहरूलाई हरेक वर्ष लगाइनेछ । यस लक्ष्यअनुसार यस वर्ष ९३ प्रतिशतले प्राप्त गरेको तथ्यांक छ । १४ लाख ४६ हजार ६ सय १ जना किशोरीले खोप लगाएका छन् ।’

उनले अहिले पनि स्वास्थ्य केन्द्रहरूमा निःशुल्क उपलब्ध गराउने गरी खोप व्यवस्था गरिएको बताए ।

मन्त्री पौडेलले यस खोपले कुनै साइट इफेक्ट नपरेको बताउँदै यो खोप किशोररूलाई पनि दिने गरिएको र १४ वर्ष माथिका किशोरी र महिलालाई पनि दिने गरिएकाले नेपालले पनि अध्ययन गरिरहेको बताए । उनले नेपालको आफ्नै क्षमताले प्राप्त गर्न कठिन भएका कारण सहयोगी संस्था र मित्रराष्ट्रहरूमार्फत उपलब्ध गर्ने परिस्थिति निर्माण गर्ने काममा लागेको बताए ।

उनले भने, ‘किशोरहरूलाई पनि दिनका लागि अध्ययन गरिरहेका छौँ । हाम्रै क्षमताले प्राप्त गर्न कठिन भएका कारणले सहयोगी संस्था र मित्रराष्ट्रहरूमार्फत उपलब्ध गर्ने परिस्थिति हुनसक्छ ।’
 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise