२०८१ फागुन २३ गते शुक्रवार / Mar 07 , 2025 , Friday
२०८१ फागुन २३ गते शुक्रवार
Ads

वन क्षेत्रमा डढेलो शून्य बनाउने प्रतिबद्धता

hardik ivf
सत्येन्द्र प्रताप सिंह
२०८१ फागुन २२ गते २१:३४
वन क्षेत्रमा डढेलो शून्य बनाउने प्रतिबद्धता

रौतहट : रौतहटका वन क्षेत्रमा डढेलो शून्य बनाउने अभियानमा सहयोग र सहकार्य गर्ने सरोकारवालाहरुले प्रतिबद्धता जनाएका छन् ।

डिभिजन वन कार्यालयले आयोजना गरेको सरोकारवालाहरुको उपस्थितिमा डेमोसहित वन डढेलो नियन्त्रण सम्बन्धी तालिम तथा अन्तरक्रिया कार्यक्रमका  वक्ताहरुले सो प्रतिबद्वता जनाएका हुन् । 

डिभिजन वन अधिकृत हेमन्त प्रसाद साहको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि इलाका प्रशासन कार्यालय चन्द्रपुरका प्रमुख जनक पन्तले जिल्ला विपद्  व्यवस्थापन समितिले कार्य योजना बनाउन डढेलो नियन्त्रणमा समेटनुपर्नेमा जोड दिए । दुई तिहाइ वन विनास डढेलोका कारणले हुने गरेको उनले बताए । 

जिल्लामा १८ पालिकामध्ये दुईवटामा मात्र दमकल रहेको छ । 

डिभिजन वन प्रमुख साहले वन डढेलोको मुद्दामा ६० हजार जरिवाना, ३ वर्ष कैद वा दुबै सजाय हुने व्यवस्था रहेको बताए । डढेलो योजना २०८१ जारी गरिएको उनले बताए । 

कार्यक्रमको संचालन चन्द्रपुर सवडिभिजन वन कार्यालय रौतहटका वन अधिकृत अनिल कुमार महतोले गरेका थिए भने स्वागत मन्तव्य तथा डढेलो सम्बन्धी प्रस्तुतीकरण डिभिजन वन कार्यालय रौतहटका वन अधिकृत नेपाली साह र राजेश कुमारले गरेका थिए ।

डिभिजनल वन अधिकृत हेमन्त प्रसाद साहले डिभिजन वन कार्यालयले वन डढेलो नियन्त्रण कार्यविधि, २०८१ तयार गरी कार्यान्वयनमा ल्याएको बताए । 

वन डढेलो नियन्त्रणका लागि रेन्जर विकास लामिछानेको नेतृत्वमा वन डढेलो नियन्त्रण टोली गठन गरिएको र उक्त टोली जिल्लास्थित सम्पूर्ण वन क्षेत्रमा लाग्ने डढेलो नियन्त्रणका लागि हरदम तयार रहने डिभिजनल वन अधिकृत साहले बताए । 

ADV

सम्बन्धित खबर

Advertise