२०८१ चैत १८ गते सोमवार / Mar 31 , 2025 , Monday
२०८१ चैत १८ गते सोमवार
Ads

गरुडा–३ को आफ्नै भवन बन्दै

draupadi film
सत्येन्द्र प्रताप सिंह
२०८१ फागुन २३ गते २०:५४
गरुडा–३ को आफ्नै भवन बन्दै

रौतहट : रौतहटको मध्य भागमा रहेको गरुडा नगरपालिका वडा नं. ३ को आफ्नै भवन बन्ने भएको छ । नगर प्रमुख कन्थ मुनी जयसवालले मलाही टोलमा नयाँ वडा कार्यालय भवनको शिलान्यास गरेका छन् । पुरानो भवन जीर्ण भइ प्रयोगविहीन बनेपछि नगरस्तरीय बजेट रु. २५ लाखको लागतमा नयाँ चार कोठे भवन निर्माण गर्न लागिएको हो । 

शिलान्यास कार्यक्रममा वडाध्यक्ष अम्बिका सहनी, जग्गादाता पारस सहनी लगायत स्थानीय बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो । 

नगर प्रमुख लगायतका विभिन्न पार्टीका नेताहरूले जग्गादाता पारस सहनी जसलाई धन्यवाद ज्ञापन गरेका थिए । सहनीले वडा कार्यालय भवनका लागि १ कठ्ठा १३ धुर जग्गा निःशुल्क दान गरेका थिए ।

साथै, उक्त भवनसम्म पुग्नका लागि १५ फिट चौडाइ र २५० मिटर लम्बाइ भएको बाटोको व्यवस्था समेत गराइएको नगरप्रमुख जयसवालले बताए । नयाँ भवन निर्माण भएसँगै नगरवासीलाई सहज, व्यवस्थित र प्रभावकारी सेवा प्रवाह गर्न महत्वपूर्ण योगदान पुग्ने वडाध्यक्ष अम्बिका सहनीले बताए ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise