२०८१ चैत १८ गते सोमवार / Mar 31 , 2025 , Monday
२०८१ चैत १८ गते सोमवार
Ads

राइस मिल जग्गा विवादः गौरमा सांसद सिंहको पुत्ला दहन

draupadi film
सत्येन्द्र प्रताप सिंह
२०८१ फागुन २४ गते २१:०१
राइस मिल जग्गा विवादः गौरमा सांसद सिंहको पुत्ला दहन

रौतहट : रौतहट सदरमुकाम गौरमा मेयर शम्भु साहको बारेमा सांसद अमरेश कुमार सिंहले विवादास्पद अभिव्यक्ति दिएको भन्दै प्रदर्शन गरिएको छ । 

सांसद सिंहले मेयर साहमाथि गौर राइस मिलको ६ बिघा जग्गामा अनियमितता गरेको र भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाएर नक्कली मोही खडा गरी जग्गामा चलखेल गरिरहेको आरोप लगाएका थिए ।

सांसद सिंहको यस अभिव्यक्तिप्रति असहमति जनाउँदै गौर नगरपालिकाका स्थानीयवासीहरुले सदरमुकाम गौरमा सांसद सिंहको पुत्ला दहन गरेका हुन् । उनीहरुले सांसद सिंहको अभिव्यक्तिलाई गलत र आधारहीन भन्दै विरोध प्रदर्शन गरेका छन् । 

यसअघि, मेयर साहले गौर राइस मिलको जग्गा अधिग्रहण गरेर क्रिकेट मैदान निर्माणको प्रक्रिया अघि बढाएको बताएका थिए । उनले जग्गा अधिग्रहणको ७५ प्रतिशत काम असार मसान्तसम्म सकिने र त्यसपछि स्टेडियम निर्माणको पहल गरिने योजना रहेको बताएका थिए । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise