२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

प्रहरी सेवा प्रवाहलाई प्रभावकारी बनाउने प्रतिबद्धता

Nada
सत्येन्द्र प्रताप सिंह
२०८१ फागुन २६ गते २१:३९
Shares
प्रहरी सेवा प्रवाहलाई प्रभावकारी बनाउने प्रतिबद्धता

रौतहट : जिल्ला प्रहरी कार्यालय रौतहटको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । नेपाल प्रहरी संगठन प्रमुख तथा प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरको प्रमुख आति(थिमा भवनको उद्घाटन गरिएको हो । 

ncell

समारोहका प्रमुख अतिथि प्रहरी महानिरीक्षक कुँवरले नवनिर्मित भवनको उद्घाटन गर्दै प्रहरी सेवाको प्रवाहलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले प्रहरी संगठनलाई आधुनिक, प्रविधिमैत्री र जनमुखी बनाउने लक्ष्यका साथ नेपाल प्रहरी निरन्तर अगाडि बढिरहेको बताए ।

कार्यक्रममा संविधानसभा सदस्य अशोक जयसवाल, गौर नगरपालिका प्रमुख शम्भु साह, नेपाली सेनाका बाहिनी पती सहायक रथी रञ्जित थापा, रौतहट जिल्ला अदालतका न्यायाधीश मनोज केसी, प्रमुख जिल्ला अधिकारी बिनोद कुमार खड्का, मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रहरी नायब महानिरीक्षक लालमणि आच(ार्य लगायत सुरक्षाकर्मी, प्रशासनिक अधिकारी, व्यवसायी तथा अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा विभिन्न वक्ताहरूले नवनिर्मित भवनले प्रहरी सेवा प्रवाहमा सुधार ल्याउने विश्वास व्यक्त गरेका थिए । साथै, स्थानीय प्रशासन तथा सुरक्षाकर्मीहरूबीच समन्वय अझ मजबुत हुने र नागरिकलाई सहज एवं सुरक्षित सेवा प्रदान गर्न मद्दत पुग्ने कुरामा जोड दिएका थिए ।

नवनिर्मित प्रहरी भवन आधुनिक सुविधा सम्पन्न रहेको तथा यसले प्रहरी कार्य सम्पादनमा उल्लेखनीय सुधार ल्याउने अपेक्षा गरिएको छ । कार्यक्रममा स्थानीय समुदायका प्रतिनिधिहरूले सुरक्षाका लागि प्रहरी प्रशासनसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएका थिए । 

ताजा खबर

सम्बन्धित खबर