जनकपुरः जनकपुरधाममा एक जना युवक झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १९ पुलचोस्थित आँपको बगैँचामा अन्दाजी २५ वर्षीय युवक झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
बुधबार (आज) विहान स्थानीयहरुले युवक झुन्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।मृतकको पहिचान खुल्न नसकेको र अनुसन्धान भइरहेको जिल्ला प्रहरी धनुषाका प्रवक्ता नायव प्रहरी उपरीक्षक बरुण सिंहले जानकारी दिए । शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल पठाइएको उनले बताए ।