२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

डेंगु संक्रमणको जोखिम रोक्न उच्च सतर्कता  

ADV
मध्यान्ह
२०८१ असार १८ गते १६:५१
डेंगु संक्रमणको जोखिम रोक्न उच्च सतर्कता  

नेपालगञ्ज : भारतसँग सीमा जोडिएको बाँके जिल्लामा डेंगु संक्रमणको जोखिम देखिएको भन्दै उच्च सतर्कता अपनाइएको छ । 

जिल्ला स्वास्थ्य कार्यालयले जिल्लाका सबै पालिकामा डेंगुको सङ्क्रमण देखिएको उल्लेख गर्दै नियन्त्रण गर्न लामखुट्टेका लार्भा र प्युपा नष्ट गर्ने अभियान शुरु गर्न लागेको जनाएको छ ।
    
बाँकेका डेंगु रोग सम्पर्कव्यक्ति दुर्गा गौतमकाअनुसार  बाँकेमा चालु आर्थिक वर्षको हालसम्म चार सय पाँचजना डेंगुका संक्रमित भेटिएको जानकारी र यसलाई नियन्त्रण गर्न वडास्तरमा पनि कार्यक्रम शुरु गरिएको छ । 

जिल्लाका आठ स्थानीय तहमध्ये राप्ती सोनारी गाउँपालिकामा पाँच, कोहलपुर नगरपालिकामा २४, बैजनाथ गाउँपालिकामा नौ, खजुरा गाउँपालिकामा चार, जानकी गाउँपालिकामा पाँच, नेपालगन्ज उपमहानगरपालिकामा ४५ र डुडुवा गाउँपालिकामा छजना डेंगुका बिरामी छन् ।

जिल्लामा डेंगु संक्रमणको जोखिम बढ्ने समय नजिक आएको र यसको नियन्त्रणमा ध्यान दिन आवश्यक रहेको डेङ्गु रोग सम्पर्कव्यक्ति गौतमले बताइन् । उनले रोग नियन्त्रणका लागि सीमामा पनि निगरानी बढाउनु आवश्यक भएको बताइन् । उनले डेंगुको संक्रमण भएको लामखुट्टेले एक पटकमा करिब चारदेखि पाँच जनासम्मलाई रोग सार्ने क्षमता रहेको जनाउँदै पछिल्लो छ महिनायता मात्रै नेपालगञ्जमा एक हजार दुई सय ६८ जना डेंगु रोगबाट संक्रमित भएको बताए । 

बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले डेंगु नियन्त्रणका लागि जिल्लाका सबै सार्वजनिक स्थानलगायत प्रत्येक कार्यालयहरूमा सरसफाइ अभियान चलाउन निर्देशन दिएका छन् । 

डेंगुको विषाणुद्वारा संक्रमित भएको एडिस एजिप्टाई र एडिस एलबोपिक्ट्स जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको किटजन्य सरुवा रोग हो ।

ADVADV

सम्बन्धित खबर

Advertise